प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८०-०९-२३

  • A
  • A-
  • A+
Share


१.      बारा, मिति २०८०।०९।२२ गते अं. ११:०० बजेको समयमा ६ महिना कैद भएको भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी जिल्ला बारा सिम्रौनगढ न.पा.९ बसबरिया बस्ने मदन प्रसाद यादबको छोरा अं. बर्ष ५१ को रामु प्रसाद यादबलाई ई.प्र.का. सिम्रौनगढबाट प्र.नि.को कमाण्ड र प्रहरी चौकी कचोर्वाबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले जि.बारा सिम्रौनगढ न.पा. ६ स्थितबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी ई.प्र.का. सिम्रौनगढ बारामा ल्याईएको ।

२.      बारा, मिति २०८०।०९।२२ गते अं. १५:०० बजेको समयमा किर्ते मुद्दाको फरार प्रतिवादी जिल्ला बारा आदर्श कोतवाल गा.पा. ६ पटेर्वा बस्ने अं. बर्ष ४५/५० को सुखलाल महतो कोईरी र करकाप मुद्दाको फरार प्रतिवादी ऐ. ०८ कोतवाली बस्ने अं. बर्ष ४५/५० को विनोद लाल कर्णलाई ई.प्र.का. महेन्द्र आदर्श बाराबाट खटिएको प्र.स.नि. टोलीले निजहरुकै वतनबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का बारा तर्फ पठाईएको ।

३.      बारा, मिति २०८०/०९/२२ गते अं. १६:२० बजेको समयमा जिल्ला बारा फेटा गा.पा. ६ पुरैनिया टोल स्थितमा ई.प्र.का. छतवा बाराबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलिले ठगी मुद्दाको फरार प्रतिवादी रु.५००(पाचँ सय) जरिवाना र ३ महिना कैद भएको ऐ.ऐ. बस्ने महजिद मिया ठकुराईको छोरा अं. बर्ष ३५ को लालबाबु ठकुराई र ऐ.ऐ. बस्ने नेक महम्द अंसारीको छोरा अं. बर्ष ५९ को तोबारख मिया अंसारीलाई फेटा चोकबाट पक्राउ गरी ई.प्र.का. छतवामा ल्याई राखिएको । 

४.      बारा,  मिति २०८०/०९/२२ गते अं. ११:५० बजेको समयमा जुवा मुद्दाको रु.२००/- जरिवाना भएको फरार प्रतिवादी जिल्ला बारा महागढीमाई न.पा. ५ कबहि जब्दी बस्ने सुरेन्द्र प्रसाद सा  हको छोरा अ. बर्ष ४१ को अनिल कुमार साहलाई प्र.चौ. गंजभवानिपुर बाराबाट खटिएको प्र.ना.नि.को टोलिले नियन्त्रणमा लिई जि.प्र.का.बारामा पठाईएको ।

५.      बारा, मिति २०८०।०९।२२ गते अं. १२:०० बजेको समयमा जिल्ला बारा महागढिमाई न.पा. ७ तेलगाई बस्ने कुटपिट तथा लुटपाट मुद्दाको अं. बर्ष ५६ को राजेन्द्र राय यादव, अं. बर्ष ५२ को नवल प्रसाद यादव र लुटपाट मुद्दाको अं. बर्ष ६० को अनुठा प्रसाद यादवलाई प्र.चौ. तेलकुवा बाराबाट खटिएको प्र.स.नि.को टोलीले नियन्त्रणमा लिई जि.प्र.का.बारामा पठाईएको ।

६.      रौतहट, मिति २०८०।०९।२२ गते अं. ०९:२० बजेको समयमा जिल्ला रौतहट वृन्दावन न.पा. ६ धमौरा बस्ने ७ दिन कैद र रु. ७,०००/- (सात हजार) जरिवाना भएको वन मुद्दाको फरार प्रतिवादी वर्ष ६५ को हरदेव ठाकुर लोहारलाई प्र.चौ. हर्षाहा रौतहटबाट खटिएको प्र.स.नि. को टोलीले नजिकै घरबाट नियन्त्रणमा लिइ आवश्यक कारवाहिको ई.प्र.का.गरुडामा पठाईएको ।

७.      सिरहा, मिति २०८०।०९।२२ गते अं. १४:४० बजेको समयमा जिल्ला सिरहा कर्जन्हा न.पा. ६ स्थितमा ई.प्र.का. मिर्चैया सिरहाबाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले कर्तब्य ज्यान मुद्दाका वारदात पश्चात फरार रहेका प्रतिवादी ऐ.ऐ. बस्ने रामरतन रोहिताको छोरा बर्ष २३ को भोली भन्ने अनिल कुमार यादवलाई निजकै गाउँ घरबाट फेला पारी आवश्यक कार्वाहीको लागी ई.प्र.का. मिर्चैयामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

८.      सप्तरी, मिति २०८०।०९।२२ गते अं. १३:३० बजेको समयमा सम्मानित सप्तरी जिल्ला अदालतको चालु मुद्दा नं. ०७९-C1-०२७०, मिति २०७८।१२।१५ गते दर्ता रहेको ज.ज.क. मुद्दाको फरार प्रतिवादी जिल्ला सप्तरी सुरुङगा न.पा. ७ चकदह बस्ने शम्भु रामको छोरा अं. वर्ष १८ को कृष्ण राम र ऐ.ऐ. बस्ने भौगिलाल रामको छोरा अं. वर्ष १८ को सलेन कुमार राम जिल्ला सिरहाको धनगढिमा लुकिछिपि बसिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ई.प्र.का. कडरबोना सप्तरीबाट प्र.स.नि. र ई.प्र.का. धनगढिबाट प्र.ना.नि. को कमाण्डमा खटिएको संयुक्त टोलिले पक्राउ गरी  ई.प्र.का. कडरबोना सप्तरीमा ल्याई राखिएको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-०७

धनुषा, जनकपुर उपमहानगरपालिका ९ मुख्यमन्त्री कार्यालय स्थितबाट लागु औषध NATRAMP- ३ पतामा (३० पिस र २ पिस गरी जम्मा ३२ पिस), SPASMO- ३ पतामा (३० पिस), PRENURA- ३ वटा ट्याब्लेट र गाँजा जस्तो देखिने बस्तु अन्दाजी २/३ ग्राम सहित जिल्ला महोत्तरी बर्दिबास नगरपालिका २ गौरीडाँडा घर भई हाल जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका १ श्यामचोकमा डेरा गरी बस्दै आएको श्याम भुजेलको छोरा वर्ष २८ को संजय कुमार भुजेललाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी चेकिंङ टोलीले मधेश प्र.०२-००७ प ३७९८ नम्बरको स्कुटरमा सवार निजलाई चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८२-०३-०६

१.      सिरहा, कल्याणपुर नगरपालिका-४ स्थितबाट लेनदेन बिगो मुद्दामा १ वर्ष कैद तोकिएको फरार प्रतिबादी सोही स्थान बस्ने महाबिर यादवको छोरा अन्दाजी बर्ष ४० को धनबिर यादवलाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      सिरहा, मिर्चैया नगरपालिका-६ स्थितबाट लेनदेन बिगो मुद्दामा १ बर्ष कैद भएको फरार प्रतिबादी सोही स्थान बस्ने जुगेश्वर यादवको छोरा अंदाजी बर्ष ५५ को बिजिन्द्र यादवलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा निजकै घर वतनबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ब्राउन सुगर सहित मानिस नियन्त्रणमा
२०८२-०३-०३

सिरहा, मिर्चैया नगरपालिका-५ white house स्कुल स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४०० ग्राम सहित सोही स्थान बस्ने जिवछ साहको छोरा अन्दाजी बर्ष २० को राहुल कुमार साह, सुनिल साहको छोरा अन्दाजी बर्ष २१ को दिलिप कुमार साह र मिर्चैया नगरपालिका-६ बस्ने मिस्टर राकेश कुमार गिरीको छोरा अन्दाजी बर्ष २३ को बिशाल गिरीलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले गस्ति गर्दै जाँदा उक्त स्थानमा रहेको खाली घरमा निजहरुलाई लागु औषध सेवन गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई चेक जाँच गर्ने क्रममा लागु औषध ब्राउन सुगर गस्तो देखिने पदार्थ फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।