फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०९-२४
- A
- A-
- A+
१. बारा,
मिति २०८०।०९।२३ गते अं. १३:३० बजेको समयमा सम्मानित जिल्ला अदालत कलैया बाराबाट
मिति २०८०।०९।०३ गतेको पक्राउ अनुमती आदेशले ३ महिना कैद र रु. १०,०००/- जरिवाना
भएको कुटपिट तथा अंगभंग मुद्दाको फरार प्रतिवादी जिल्ला बारा कलैया उ.म.न.पा २
बस्ने भक्ती गोसाईको छोरा अं. बर्ष ४० को मुनेश गिरी भन्ने उनिश गोसाईलाई ऐ.ऐ.
स्थानबाट अ.प्र. पोष्ट बसपार्क बाराबाट खटिएको प्र.ना.नि को टोलीले नियन्त्रणमा
लिई जि.प्र.का बारामा पठाईएको ।
२. बारा,
मिति २०८०।०९।२३ गते अं. ११:०० बजेको समयमा लागुऔषध मुद्दामा रु. ३,०००/- (तिन
हजार) जारिवाना भएको फरार प्रतिवादी जिल्ला बारा साविक गा.बि.स. बरियारपुर हाल
जिल्ला बारा महागढिमाई न.पा. २ बस्ने रामएकवाल सहनीको छोरा बर्ष ३५ को राजेश सहनीलाई
प्र.चौ. बरियारपुर बाराबाट खटिएको प्र.ह. को टोलीले नियन्त्रणमा लिई जिल्ला अदालत
कलैया बारामा बुझाईएको ।
३. बारा,
मिति २०८०।०९।२३ गते अं. १५:०० बजेको समयमा सम्मानित जिल्ला अदालत बाराको मिति
२०७९।०३।१३ गतेको फैसलाद्वारा बैँकिङ कसुर मुद्दामा रु. २,०००/- जरिवाना भएको फरार
प्रतिवादी जिल्ला बारा करैयामाई गा.पा. ४ ठुलो लौतन टोल बस्ने जगारनाथ साह तेलीको
छोरा अं. ३९ बर्षको राजेश प्रसाद साहलाई प्र.चौ. गंजभवानीपुर बाराबाट खटिएको
प्र.ना.नि को टोलीले नियन्त्रणमा लिई प्र.चौ. गंजभवानीपुर बारामा ल्याई राखिएको ।
४. सप्तरी,
मिति २०८०।०९।२३ गते अं. १६:३० बजेको समयमा लुटपिट मुद्धाको रु. ४,०४५.८३ जरिवाना
तोकिएको फरार प्रतिवादि जिल्ला सप्तरी राजबिराज न.पा. १३ बस्ने बर्ष ४३ को भुपदेव
यादवलाई जि.प्र.का. सप्तरीबाट खटिएको प्र.ह.को टोलीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी सम्मानित जिल्ला अदालत
राजबिराज सप्तरीमा बुझाएको ।