फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०९-२६
- A
- A-
- A+
१. बारा,
मिति २०८०।०९।२५ गते अं. ११:१५ बजेको समयमा रू. १,५०,०००/- जरिवाना र १ बर्ष कैद
सजाय भएको सरकारी छाप दस्तखत किर्ते मुद्दाको फरार प्रतिवादी जिल्ला बारा कलैया उ.म.न.पा १७ सुरही बस्ने महमद
मुस्तकिम अंसारीलाई अ.प्र.पोष्ट गंगापर बाराबाट खटिएको प्र.स.नि को टोलिले नियन्त्रणमा
लिई आवश्यक कारवाहीको लागी जि.प्र.का बारामा पठाईएको ।
२. बारा,
मिति २०८०।०९।२५ गते अं. १३:३० बजेको समयमा ३ महिना कैद र रु. २,०००/- जरिवाना
भएको सवारी ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला बारा कलैया उ.म.न.पा.८ बस्ने अं.
बर्ष ४३ को रामबाबु प्रसाद यादवलाई अस्थाई प्रहरी पोष्ट बसपार्क बाराबाट खटिएको प्र.ब.ना.नि.को
टोलीले नियन्त्रणमा लिई जि.प्र.का.बारामा पठाईएको ।
३. बारा,
मिति २०८०।०९।२५ गते अं. १४:०० बजेको समयमा रु. ३,०००/- जरिवाना भएको चेक अनादर
मुद्दाको फरार प्रतिवादी जिल्ला बारा कलैया उ.म.न.पा. ११ बस्ने अं. बर्ष ३१ को
संतोष कुमार साह तथा ३ महिना कैद र रु.
१०,०००/- जरिवाना भएको कुटपिट अंगभंग मुद्दाको फरार प्रतिवादी जिल्ला बारा कलैया
उ.म.न.पा. २ बस्ने संजय गिरीलाई अस्थाई प्रहरी पोष्ट बसपार्क बाराबाट खटिएको प्र.ब.ना.नि.को टोलीले ऐ.ऐ.
स्थित बसपार्कबाट नियन्त्रणमा लिई जि.प्र.का.बारामा पठाईएको ।
४. बारा,
मिति २०८०।०९।२५ गते अं. ०९:३० बजेको समयमा कुटपिट
अंगभङ्ग मुद्दाको ३ महिना कैद र रु. १०,०००/- जरिवाना भएको
फरार प्रतिवादी जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२०
बसडिलुवा बस्ने नन्द लाल चौधरीको छोरा अं. बर्ष ३५ को तेज नारायण चौधरी थारुलाई अस्थाई
प्रहरी पोष्ट ईनर्वासिरा बाराबाट खटिएको
प्र.स.नि.को
टोलीले गाउँमा लुकिछिपि बसेको अवस्थामा नियन्त्रणमा लिई ई.प्र.का.
सिमरा पठाईएको ।
५. बारा,
मिति २०८०।०९।२५ गते अं. १२:०० बजेको समयमा जालसाजी मुद्दाको फरार प्रतिवादीहरु जि.बारा
माहागढीमाई न.पा.०९ बस्ने अं. बर्ष ७५ को जय कर्ण दास तरमर, ऐ.ऐ. बस्ने अं. बर्ष
४४ को सुरेन्द्र दास र ऐ.ऐ. बस्ने अं. बर्ष ६२ को लंगुट दास तरमरलाई प्र.चौ. तेलकुवा
बाराबाट खटिएको प्र.स.नि. को टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का
बारामा पठाईएको ।
६. धनुषा,
मिति २०८०/०९/२५ गते अं. १६:४५ बजेको समयमा ज्यान मार्ने उद्योग सम्बन्धि चालु
मुद्दाका फरार प्रतिवादी जिल्ला धनुषा
सबैला न.पा.२ सबैला बस्ने अं. वर्ष ५५ को बिरेन्द्र नायक र ज.ज.क. उद्योग मुद्दाका
फरार प्रतिवादी ऐ.ऐ. बस्ने अं. वर्ष ४० को दिलिप महतोलाई ई.प्र.का.सबैला धनुषाबाट खटिएको
प्र.स.नि.को टोलीले जि. धनुषा सबैला न.पा.२ सबैला स्थितबाट नियन्त्रणमा लिई ई.प्र.का.
सबैला धनुषामा ल्याई राखिएको ।