फरार प्रतिवादी नियन्त्रणमा
२०८०-१०-०४
- A
- A-
- A+
१.
बारा, मिति २०८०।१०।०३ गते
अं. १७:१५ बजेको समयमा सम्मानित बारा जिल्ला अदालतबाट मिति २०७९।०६।२६ गतेको फैसलाले
रु. १५,०००/- (पन्ध्र हजार) जरिवाना र २ महिना २५ दिन कैद भएको लागु औषध मुद्दाका फरार प्रतिवादी जिल्ला बारा सिम्रौनगढ
न.पा. ७ खजानी बस्ने सुनिल प्रसाद कुशवाहाको छोरा अं. बर्ष २९ को पप्पु कुमार
कुशवाहालाई प्र.चौ. अमृतगंज खजानी बाराबाट खटिएको प्र.स.नि.को टोलीले ऐ.ऐ. न.पा. ७
खजानीबाट नियन्त्रणमा लिई आवश्यक
कारवाहीको लागी ई.प्र.का.सिम्रौनगढ बारामा पठाईएको ।
२.
धनुषा, मिति २०८०।१०।०३ गते
अं. १२:१५ बजेको समयमा कर्तव्य ज्यान मुद्दामा वारदात पश्वात फरार रहेका प्रतिवादी
जिल्ला धनुषा शहिदनगर न.पा. ५ पचहर्वा बस्ने लक्ष्मेश्वर साहको छोरा अं. बर्ष ४७
को बेचन साहलाई ई.प्र.का. यदुकुवा धनुषाबाट खटिएको प्र.ना.नि.को टोलीले निजकै घरमा
लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिई ई.प्र.का. यदुकुवामा ल्याई राखिएको ।
३.
धनुषा, मिति २०८०।१०।०३ गते
अं. ०८:०० बजेको समयमा बैकिङ्ग कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात पश्चात
फरार रहेको प्रतिवादी जिल्ला धनुषा साबिक बटेश्वर गा.वि.स.वडा नं. १ हाल बटेश्वर गा.पा.
४ बस्ने शंकर साहको छोरा बर्ष ३० को सुरेश कुमार साहलाई ई.प्र.का. महेन्द्रनगर धनुषाबाट खटिएको
प्र.नि.को टोलीले ऐ. क्षिरेश्वरनाथ न.पा. ५ महेन्द्रनगर बजारबाट पक्राउ गरी आवश्यक
कारवाहीको लागी जि.प्र.का. धनुषामा पठाईएको ।