फरार प्रतिवादी नियन्त्रणमा
२०८०-१०-०८
- A
- A-
- A+
१. बारा,
मिति २०८०।१०।०७ गते अं. १२:२० बजेको समयमा कुटपिट मुद्दामा रु.१०,०००/- जरिवाना भएको
फरार प्रतिवादी जिल्ला बारा माहागढीमाई न.पा. ११ मधुरी जब्दि बस्ने तईयाब अंसारीको
छोरा अ. बर्ष २२ को दिल महम्मद मियालाई प्रहरी चौकी बरियारपुर बाराबाट खटिएको प्र.ह.को
टोलीले नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत कलैया बारामा पठाईएको ।
२. सप्तरी,
मिति २०८०।१०।०७ गते अं. १३:०० बजेको समयमा कुटपिट मुद्दामा रु.१,०००/- जरिवाना तोकिएको
फरार प्रतिवादी जिल्ला सप्तरी बिष्णुपुर गा.पा.२ सिमराहा बस्ने रमैया प्रसाद
यादवको श्रीमती पार्वती यादवलाई ई.प्र.का. बिष्णुपुर सप्तरीबाट खटिएको प्र.ना.नि. को
टोलीले निजकै वतनबाट नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागी सम्मानित जिल्ला
अदालत राजबिराज सप्तरीमा बुझाईएको ।