चाँदीको जस्तो देखिने गरगहना सहित २ जना मानिस नियन्त्रणमा
२०८०-१०-०९
- A
- A-
- A+
१.
बारा, मिति २०८०/१०/०८ गते अं.१८:०० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा
उ.म.न.पा.१ स्थित पथलैया चोकमा प्र.चौ.
पथलैया बाराबाट खटिएको प्रहरी टोलीले
बिशेष सुचनाको अधारमा विरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०२-०२७ प १८५१
नं.को स्कुटीलाई रोकी चेकजाँच गर्दा स्कुटीमा पछाडी सवार जिल्ला सुनसरी ईटहरी
न.पा. ३ बस्ने अं. बर्ष २४ को बद्री बि.क. को शरीरमा बोकेको सानो ब्याग खोली
हेर्दा चाँदीको जस्तो देखिने गरगहनाहरू (लकेट २२ पिस, औंठी ३३ पिस, मंगलशुत्र १८
पिस, कानको टप २६ पिस, गणेश लकेट ७० पिस) को फर्जी बिल बोकेको र स्रोत समेत खुलाउन
नसकेको हुंदा ५३ तोलाको बजार मुल्य रु. १,१३,१७०/- (एक लाख तेह्र हजार एक सय
सत्तरी रुपैयाँ) बराबरको चाँदीको जस्तो देखिने गरगहनाहरू सहित स्कुटी चालक ऐ.ऐ. धरान
उ.म.न.पा. ५ बस्ने अं. बर्ष ३५ को गुजराज बि.क. र स्कुटी नियन्त्रणमा लिई प्र.चौ.
पथलैया बारामा राखिएको ।