फरार प्रतिवादी नियन्त्रणमा
२०८०-१०-१०
- A
- A-
- A+
१. बारा,
मिति २०८०।१०।०९ गते १४:३० बजेको समयमा कुटपिट अंगभग मुद्दामा रु.१०,०००/- ( दश
हजार मात्र) जरिवाना भएको फरार प्रतिवादी जि. बारा साविक गा.बि.स. मधुरी ८ हाल
परिवर्ति महागढीमाई न.पा. ११ मधुरी जब्दी बस्ने उसमान मियाँको छोरा वर्ष ५३ को
समसुदिन मंसुरी भन्ने सनसुदिन मियाँलाई प्र.चौ. बरियापुरबाट खटिएको प्र.ह.को टोलीले
नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत कलैया बारामा पठाईएको ।
२. धनुषा,
मिति २०८०।१०।०९ गते १६:१५ बजेको समयमा अभद्र व्यवहार सम्बन्धि चालु मुद्दाका फरार
प्रतिवादी शहिदनगर न.पा. ३ यदुकुवा बस्ने राजेन्द्र दासको छोरा बर्ष २५ को बेचन
दास भन्ने अरुण दासलाई ई.प्र.का. यदुकुवाबाट खटिएको प्र.ना.नि. को टोलीले निजको
घरमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिई ई.प्र.का. यदुकुवामा ल्याई
राखिएको ।