फरार प्रतिवादी नियन्त्रणमा
२०८०-१०-१४
- A
- A-
- A+
१. बारा,
मिति २०८०/१०/१३ गते १०:३० बजेको समयमा सवारी ज्यान मुद्दामा ३ महिना १९ दिन कैद र
रू. २,०००/- जरिवाना भएको फरार प्रतिवादी जि.बारा जितपुरसिमरा उ.म.न.पा.५ नदिया
टोल बस्ने जग नारायण हजाराको छोरा बर्ष २८ को सुनिल पासवानलाई ई.प्र.का. जितपुरबाट
खटिएको प्र.ब.ना.नि.को टोलीले निजकै वतनमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा
लिई आवश्यक कारबाहीको लागी ई.प्र.का.
सिमरामा पठाएको ।
२. बारा,
मिति २०८०/१०/१३ गते अं. १९:०० बजेको समयमा चोरी मुद्दामा रु. २,१६,०७२/- जरिवाना
भएको फरार प्रतिवादी जि. बारा जितपुरसिमरा उ.म.न.पा. ७ बोडिङ टोल बस्ने नसिम खानको
छोरा बर्ष ३१ को मुमताज खानलाई ई.प्र.का. जितपुरबाट खटिएको प्र.ब.ना.नि. को टोलीले
जितपुरसिमरा उ.म.न.पा.६ घुसुकपुरमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिई आश्यक
कारबाहीको लागी ई.प्र.का. सिमरामा पठाएको ।
३. धनुषा,
मिति २०८०।१०।१३ गते अं. २१:०० बजेको समयमा लागु औषध मुद्दाको अनुसन्धानको
सिलसिलामा वारदात पश्चात फरार रहेको प्रतिवादी जि. धनुषा लक्ष्मिनिया गा.पा. ५
बस्ने रोहित यादवको छोरा वर्ष २३ को मिथलेश यादवलाई प्र.चौ. लक्ष्मिनियाबाट खटिएको
प्र.स.नि.को टोलीले पक्राउ गरी अनुसन्धानको लागी ई.प्र.का.धनुषाधाममा पठाएको ।