फरार प्रतिवादी नियन्त्रणमा
२०८०-१०-१६
- A
- A-
- A+
१. धनुषा, मिति २०८०/१०/१५ गते अं. १०:०० बजेको समयमा जबर्जस्ती करणी मुद्दाको फरार प्रतिवादी धनुषाधाम न.पा. ४ सर्सा बस्ने हरी यादवको छोरा अं. वर्ष २२ को दिपक यादवलाई जि.प्र.का. धनुषाबाट खटिएको टोलीले जनकपुरधाम उ.म.न.पा.४ स्थित भैरव चोकबाट नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई राखिएको ।
धनुषा, मिति २०८०।१०।१५ गते १२:३०
बजेको समयमा कर्तव्य ज्यान सम्बन्धि चालु मुद्दाको फरार प्रतिवादी कमला न.पा. ६
सखुवा बस्ने दुखी साह कानुको छोरा बर्ष ५४ को मोहन साह कानुलाई प्र.चौ.
संग्याहीमडानबाट खटिएको प्र.स.नि.को टोलिले ऐ. ऐ. स्थितबाट नियन्त्रणमा लिई थप
अनुसन्धान तथा कारवाहीको लागि ई.प्र.का. खजुरीमा पठाईएको ।
३.
सप्तरी, मिति २०८०।१०।१५ गते
१४:२० बजेको समयमा काठ तस्करी चोरी निकाशी मुद्दाको रु. १,६३८/- को दरले
जरिवाना तोकेको फरार प्रतिवादी जिल्ला सप्तरी रुपनी गा.पा.६ बस्ने सबुरी सरदारको
छोरा वर्ष ५४ को धनिलाल सरदार र ऐ.ऐ. बस्ने गणपति सरदारको छोरा वर्ष ४० को संतोष
सरदारलाई जि.प्र.का.सप्तरीबाट खटिएको प्र.ब.ह. को टोलिले निजकै वतनबाट पक्राउ गरी
सम्मानित जिल्ला अदालत सप्तरीमा बुझाएको ।