जाली नोट सहित मानिस नियन्त्रणमा
२०८०-१०-१७
- A
- A-
- A+
सर्लाही,
मिति २०८०।१०।१६ गते २०:५० बजेको समयमा जि. सर्लाही मलंगवा न.पा.३ नगरपालिका चोक
स्थितमा ऐ. न.पा. ९ बस्ने नसारु खान र निजको श्रीमती बर्ष ३२ की नसारा खातुनले
नेपाली रु.१,०००/- को २ थान जाली नोट लिई अण्डा किन्ने क्रममा वाद-विवाद भईरहेको छ
भन्ने खबर प्राप्त हुना साथ जि.प्र.का. सर्लाहीबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि
गई श्रीमान श्रीमतीलाई रु.१,०००/- दरको २ थान
जाली नोट सहित नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य
भईरहेको।