सामान नियन्त्रणमा लिएको
२०८०-१०-१९
- A
- A-
- A+
१. बारा, मिति २०८०/१०/१८ गते २३:५० बजेको समयमा
जि. बारा जितपुरसिमरा उ.म.न.पा.१ स्थित पथलैया चोकमा विशेष सुचनाको आधारमा मधेश
प्रदेश प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिनु भएको प्र.ना.उ.को टोली र प्र.चौ.
पथलैयाबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको संयुक्त चेकिङ टोलीले चेकजाँच गर्ने
क्रममा विरगंजबाट काठमाडौँ तर्फ जाँदै गरेको ना.३.ख.७३११ नं.को ट्रकलाई रोकी
चेकजाँच गर्दा बिल बिजक भन्दा बढि खुद्रा सामान रहेको र सोको श्रोत समेत खुलाउन
नसकेकोले रू. २५,७२,५१६/- (पच्चिस लाख बहत्तर
हजार पाँच सय सोह्र रुपैयाँ) बराबरको
खुद्रा सामान सहित ट्रक नियन्त्रणमा लिई प्र.चौ. पथलैया बारामा ल्याई
राखिएको ।