नक्कली नोट सहित मानिस नियन्त्रणमा
२०८०-१०-१९
- A
- A-
- A+
१.
सर्लाही, मिति २०८०।१०।१८
गते १५:१० बजेको समयमा जि. सर्लाही हरिवन न.पा. ११ कडरिया चोक नजिकमा ई.प्र.का.हरिवनबाट
प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र.०२-०२७ प. ४२५६ नं.को मो.सा. र सोही दिशा
तर्फ जाँदै गरेको BR30AC8318 नं.को मो.सा.लाई
शंका लागि चेकजाँच गर्न खोज्दा दुवै चालकहरु भाग्न खोजेकोमा नियन्त्रणमा लिई चेकजाँच
गर्दा प्र.०२०२७ प. ४२५६ नं. को मो.सा. चालक जिल्ला रौतहट माधव नारायण न.पा.२
बस्ने ब्रम्हदेव सहनीको छोरा अं. बर्ष ३६ को संजय सहनीले बोकेको झोला खोली हेर्दा २५
बन्डल मध्ये २१ बन्डलमा तल र माथि रू.१,०००/- (नेपाली) दरको नक्कली नोट र बिचमा
नोटको साईजमा काटेको सादा कागज रहेको र ४ बन्डलमा टेस्टी बिस्कुटको २० पुरियामा तल
माथि नक्कली जस्तो देखिने रु.१,०००/- दरका नोट प्लाष्टिक र टेपले बेरेको अवस्थामा
रहेको र उक्त नक्कली जस्तो देखिने नोटहरु गन्ती गर्दा रु.१,०००/- दरका १७२ थान र BR30AC8118 नं. को मो.सा. चालक जि.सर्लाही बलरा न.पा. ७ बस्ने नन्दु महराको छोरा
बर्ष २३ को अम्रेन्द्र महराको साथबाट प्लाष्टिक सहित ११ ग्राम ३३० मिलि ग्राम
प्लाष्टिक बाहेक ८ ग्राम ८१० मिलि ग्राम ला.औ.गाँजा समेत बरामद भएकोले थप
अनुसन्धान कार्य भईरहेको ।