गाडी सहित सामान नियन्त्रणमा
२०८०-१०-२१
- A
- A-
- A+
१. बारा, मिति २०८०/१०/२० गते १३:१० बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. ७ स्थित ई.प्र.का. जितपुरबाट प्र.ब.ना.नि. को कमाण्ड र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको सुचना संकलन शाखाबाट खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा बिरगंजबाट पथलैया तर्फ जाँदै गरेको गाडीहरुलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढी सामान र सामानको स्रोत समेत खुलाउन नसकेको हुँदा अं. २३१५० के.जी. (अं. मुल्य रु. ११,८७,७५०/-) प्याज र खुद्रा सामान अं. मु. रु. ११,९२,९७४/- गरी जम्मा अं. मु. रु. २३,८०,७२४/- (तेईस लाख असी हजार सात सय चौबिस रूपैयाँ) बराबरको सामान सहित गाडीहरू नियन्त्रणमा लिई ई.प्र.का.जितपुर बारामा ल्याई राखिएको ।
बारा, मिति २०८०/१०/२१ गते १:३० बजेको समयमा जि.
बारा जितपुरसिमरा उ.म.न.पा. २१ स्थित ई.प्र.का. अमलेखगंजबाट प्र.ब.ना.नि.को
कमाण्डमा खटिएको चेकिङ टोलीले विशेष सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा बिरगंजबाट
हेटौंडा तर्फ जाँदै गरेको ना.६.ख.७९७२ न.को ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक
भन्दा बढि सामान रहेको र बिल बिजकमा फरक रहेकोले अ.मु. रू. ११,०६,४९४/- (एघार लाख छ हजार चार सय
चौरानब्बे रुपैयाँ) बराबरको किराना सामान सहित ट्रक नियन्त्रणमा लिई ई.प्र.का. अमलेखगंजमा
ल्याई राखिएको ।