फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको
२०८०-१०-२६
- A
- A-
- A+
१.
बारा, मिति २०८०।१०।२५ गते अं.२१:०० बजेको समयमा चोरी मुद्दामा रू.
१३,८३३/- (तेह्र हजार आठ सय तेत्तिस) जरिवाना र १ (एक) महिना कैद सजाए तोकिएको
फरार प्रतिवादी जि. बारा करैयामाई गा.पा.
१ मधुवन बस्ने राम अयोध्या सहनीको छोरा बर्ष ३२ को मन्जय सहनीलाई प्र.चौ. मधुवनबाट
खटिएको प्र.स.नि.को टोलीले निजकै घरबाट नियन्त्रणमा लिई ई.प्र.का.कोल्हवीमा पठाईएको
।
२.
सप्तरी, मिति २०८०।१०।२५ गते १६:४५ बजेको
समयमा ना.प्र.न. मुद्दामा जरिवाना रु. १५,०००/- (पन्ध्र हजार) तोकिएको फरार
प्रतिवादी जि. सप्तरी बिष्णुपुर गा.पा.२ सिमराहा बस्ने बर्ष ४४ को चन्द्रकान्त
साहलाई ई.प्र.का. बिष्णुपुरबाट खटिएको प्र.ना.नि.को टोलीले निजको घर वतनबाट
नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी सम्मानित जिल्ला अदालत राजबिराजमा बुझाएको
।