प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिल बिजक भन्दा बढि खुद्रा सामान सहित ट्रक नियन्त्रणमा

२०८०-१०-२९

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति २०८०।१०।२८ गते २२:० बजेको समयमा जि.पर्सा बि.म.न.पा. २१ परवानिपुर हनुमान चोक स्थित प्र.चौ. परवानिपुरबाट खटिएको प्र.ब.ना.नि. को चेकिङ टोलिले चेक जाँच गर्ने क्रममा बिरगंजबाट भैरहवा तर्फ जाँदै गरेको ना ५ ख ८५६५ नं. को ट्रकमा बिल बिजक भन्दा बढि अ.मु. रू.७०,,०५/- (सत्तरी लाख त्रिचालिस हजार सात सय पाँच) बराबरको खुद्रा सामानहरु रहेकोले उक्त ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी मिति २०८०।१०।२९ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०२

१.      सर्लाही, मलंगवा नगरपालिका-७ गणेशिया स्थितबाट अवैध लागूऔषध गाँजा ७०० ग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-७ गणेशिया बस्ने अन्दाजि बर्ष ५५ को विल्टु राय यादव र सोही स्थानमा बस्ने अन्दाजि बर्ष ३० की राम राजी देबी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले निजहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सिरहा, बिष्णुपुर गाँउपालिका-१ नहर स्थितबाट अवैध लागूऔषध ONEREX (सिरप) २०  बोतल , PYRONIX SPAS  ८ वटा ट्याब्लेट र PYRONIX SPAS २ वटा ट्याब्लेट र प्रदेश १-०२-०५३ प ४२७५ नं.को मोटरसाइकल सहित १ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-८ मझाउ बस्ने ठकु महतोको छोरा अन्दाजि बर्ष २६ को जितेन्द्र कुमार महतो रहेका छन् । इलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहाबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ र मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०१

१.      सप्तरी, तिरहुत गाउँपालिका-२ बडहराबाट अवैध लागूऔषध गाँजा १०५ किलो ५०० ग्राम, प्रदेश २-०१-००१ह ००२२ नं.को अटो सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कंचनरुप नगरपालिका ७ सितापुर बस्ने अन्दाजी बर्ष ४३ को ओम प्रकाश भन्ने जामुन महतो र सोहि स्थान बस्ने अन्दाजी बर्ष २८ की कबिता कुमारी माझी रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कन्चनपुरबाट खटिएको प्रहरी टोलिले निजहरुलाई उक्त लागूपदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      पर्सा, बिरगंज महानगरपालिका-१४ गण्डक चौकबाट अवैध लागूऔषध TRAMADOL, ५२,३०० पिस, ना १ ज २७६५ नं. को सुमो सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा परवानीपुर गाउँपालिका १ बस्ने अन्दाजी बर्ष ४२ को राम असिस राउत अहिर र बहुदरमाई २ बस्ने अन्दाजी बर्ष ३० को सुबास सराफ रहेका छन् । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलिले बसपार्कबाट काठमण्डौं जादै गरेको गाडि चेकजाँच गर्ने क्रममा निजहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      पर्सा, पर्सागढी नगरपालिका-३ बड्नियार पुलबाट अवैध लागूऔषध गाँजा १० किलो ७०० ग्राम शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा मिलनचौकबाट बड्नियार तर्फ जादै गरेको नं. नखुलेको मोटरसाईकलमा सवार व्यक्तिहरुले कालो रङ्गको झोला फाली फरार भएको र उक्त झोला खोलि चेकजाँच गर्दा उक्त परिमाणको लागूपदार्थ फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।४.      सर्लाही, ईश्वरपुर नगरपालिका-१ चौलिखा बजारबाट अवैध लागूऔषध COSAS-DX, २ बोतल र NITZASCEN-10 ट्याब्लेट ५ वटा सहित १ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका १ बस्ने अन्दाजी बर्ष १९ को बिकी कुमार पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय भक्तिपुरबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ५.      सप्तरी, जिल्ला कारागार राजविराजमा कैदी भेट्न आएका व्यक्तिबाट अवैध लागूऔषध गाँजा ६.७० ग्राम सहित निजलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोदेबर्साईन नगरपालिका १० बस्ने अन्दाजी बर्ष ४० को मनोज साह रहेका छन् । कारागारको मेनेगेटमा प्रहरीले चेकजाँच गर्दा उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध सामान सहित मानिस नियन्त्रणमा
२०८२-११-२९

१.      पर्सा, बिरगंज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चेक प्वाईन्टबाट अबैध भन्सार छली ( बिल बिजक भन्दा बढि भएको ) खुद्रा सामानहरु गरी अन्दाजि मुल्य रु. ३,५८,५६,५३५।- (तिन करोड अन्ठाउन्न लाख छप्पन्न हजार पाँच सय पैतिस ) बराबरको समान सहित बा ४ ख ४७७ र म.प्र.०३-००२ ख ४३३७ नम्बरको दुई वटै डब्बा (ट्रक) बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले बिरगंजबाट पथलैया तर्फ जादै गरेको उक्त ट्रकहरुलाई चेकजाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त डब्बा (ट्रक) हरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२९

१.      सर्लाही, लालबन्दी नगरपालिका-१२ पत्थरकोट जियाजोरको झोलुङ्गे पुलबाट अवैध लागूऔषध गाँजा १० किलोग्राम, बा. ४७ प ४६६४ नं. को मोटरसाईकल सहित १ जनालाई बिहिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ११ बस्ने अन्दाजी बर्ष २१ को सोम बहादुर तामाङ्ग रहेका छन् । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, रामगोपालपुर नगरपालिका-८ स्थितबाट अवैध लागूऔषध गाँजा १०० किलोग्राम र DL-1Co 5869 नं.को कार बिहिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र लागू औषध ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी संयुक्त टोलिले हरिणमरिणबाट ससौला तर्फ जादै गरेको कार बाटोमा रोकि रहेको अवस्थामा चेकजाँच गर्दा उक्त लागू औषध फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      धनुषा, जनकपुर उपमहानगरपालिका-८ दुधमति खोलाबाट अवैध लागूऔषध आईकफ सिरप १८ पिस, स्पासमो प्रोक्सिभेन ट्यावलेट ४१ पिस, नाईट्रोजेपाम ७७ पिस र गाँजा २ पुरीया ५० ग्राम, ज. १२ प ५२२५ नं. को मोटरसाईकल सहित २ जनालाई बिहिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषा जनकपुर उपमहानगरपालिका-२ बस्ने अन्दाजी बर्ष ४८ को राकेश तामाङ् र महोत्तरी पिपरा गाउँपालिका-७ बस्ने अन्दाजी वर्ष २६ को आलोक चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा, प्रहरी चौकी बलबा र जिरोमाईलबाट खटिएको प्रहरी संयुक्त टोलिले उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२७

१.      पर्सा, छिपहरमाई गाउँपालिका-३ झलमझियाबाट अवैध लागूऔषध गाँजा १किलोग्राम सहित १ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका-३ चार्गाहा बस्ने अन्दाजि बर्ष ६५ को जमुना राउत रहेका छन् । प्रहरी चौकी बुढगाई पर्साबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा, निजगढ नगरपालिका-११ रतनपुरबाट अवैध लागूऔषध  गाँजा १२ किलो २३० ग्राम सहित २ जनालाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिपुर सिमरा उप-महानगरपालिका-१९ ईनर्वा सिरहा बस्ने फह देवानको छोरा अन्दाजि वर्ष ३५ को फिरोज देवान र जिल्ला रौतहट गौर नगरपालिका-९ बस्ने समिम देवानको छोरा अन्दाजि वर्ष १९ को तरबेज आलम रहेका छन् । अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी गस्ती टोलिले निजहरुलाई ग ६ प ८८५१ र मधेश प्रदेश०३-०३८प.१२०९ नं.को मोटरसाइकल र उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।