प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-१२-०२

  • A
  • A-
  • A+
Share

१.      सर्लाही, मलंगवा नगरपालिका-७ गणेशिया स्थितबाट अवैध लागूऔषध गाँजा ७०० ग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-७ गणेशिया बस्ने अन्दाजि बर्ष ५५ को विल्टु राय यादव र सोही स्थानमा बस्ने अन्दाजि बर्ष ३० की राम राजी देबी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले निजहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिरहा, बिष्णुपुर गाँउपालिका-१ नहर स्थितबाट अवैध लागूऔषध ONEREX (सिरप) २०  बोतल , PYRONIX SPAS  ८ वटा ट्याब्लेट र PYRONIX SPAS २ वटा ट्याब्लेट र प्रदेश १-०२-०५३ प ४२७५ नं.को मोटरसाइकल सहित १ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-८ मझाउ बस्ने ठकु महतोको छोरा अन्दाजि बर्ष २६ को जितेन्द्र कुमार महतो रहेका छन् । इलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहाबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ र मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध समान सहित ट्रक नियन्त्रणमा
२०८३-०१-०४

१.      सर्लाही, बागमती नगरपालिका वडा नं. १२ स्थित चेक प्वाईन्टबाट अबैध भन्सार छली ( बिल बिजक भन्दा फरक भएको ) टायर, खेलकुदका सामान, झोला, हार्डवेयर र कपडा लगायतका खुद्रा सामानहरु गरी अन्दाजि मुल्य रु. २८,९९,४६०।- (अठ्ठाइस लाख उनान्सय हजार चार सय साठी) बराबरको समान सहित प्र.२-०३-००१ ख १४१५ नम्बरको ट्रक बिहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी चेकिङ टोलिले बिरगंजबाट मोरङ् तर्फ जाँदै गरेको उक्त  ट्रकलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-३०

१.      पर्सा, विरगंज महानगरपालिका-१६ नगवा फुलबारी टोलबाट अवैध लागूऔषध गाँजा १४ किलो २२६ ग्राम सहित १ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज महानगरपालिका-१६ बस्ने शेष मखु मिँयाको छोरा अन्दाजी बर्ष १५ को अर्मान आलम रहेका छन् । वडा प्रहरी कार्यालय बिर्ता, पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      रौतहट, गरुडा नगरपालिका-४ गरुडा बजारबाट अवैध लागूऔषध निट्राजोन ट्याब्लेट - ८५० पिस सहित १ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट गढिमाई नगरपालिका ९ घर भई हाल गरुडा नगरपालिका ४ गरुडा बजारमा भाडाको घरमा बस्दै आएका रामभृक्ष रायको छोरा अन्दाजी बर्ष २८ को रुपेश कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय गरुडा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ्ग टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      सिरहा, धनगढीमाई नगरपालिका-१० जिरोमाइल चौक स्थितबाट अवैध लागूऔषध १९ किलो ११० ग्राम, को २ ह ७१९४ नम्बरको अटो र स २ प ९१६९ नम्बरको मोटरसाइकल सहित १ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिरहा धनगढीमाई नगरपालिका-९ बस्ने रामकरण दासको छोरा अन्दाजि बर्ष ३३ को राजेश दास रहेका छन् । इलाका प्रहरी कार्यालय धनगढी सिरहा र सुरक्षा वेश सुखिपुर सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ्ग टोलिले उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सिरहा, सुखिपुर नगरपालिका-८ महादेव स्थित मोहनपुर जाने बाटोबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९९० मिलिग्राम सहित १ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिरहा सुखिपुर नगरपालिका-८ बस्ने हरीवती चौधरीको छोरा अन्दाजि बर्ष २३ को सुशिल कुमार चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय सुखिपुर र लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ्ग टोलिले उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-१२-३०

१.      सर्लाही, ब्रहम्पुरी गाउँपालिका-४ टायल्स कम्पनी नजिकबाट श्रोत नखुलेको नेपाली रु.८,००,०००।– (आठ लाख), म.प्र.०३-०३७ प ७४५० नम्बरको मोटरसाइकल सहित जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका-४ बस्ने बिनोद पासवानको छोरा अन्दाजि बर्ष २३ को कृष्ण कुमार पासवान र चन्द्रनगर गाउँपालिका-१ बस्ने बुझाउन महतोको छोरा अन्दाजि बर्ष ४१ को शिव नारायण महतोलाई शुक्रबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतको सोनबर्षाबाट नेपाल तर्फ आउँदै गरेको उक्त मोटरसाइकललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निज कृष्ण कुमार पासवानले लुकाई छिपाई ल्याउँदै गरेको श्रोत नखुलेको नेपाली रु. १००० को नोट ६०० पिस, रु. ५०० को नोट ४०० पिस पैसा फेला पारी उक्त रकम सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।