बिल बिजक भन्दा बढि खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८०-१०-२९
- A
- A-
- A+
१. पर्सा, मिति
२०८०।१०।२८ गते २२:४० बजेको
समयमा जि.पर्सा बि.म.न.पा. २१ परवानिपुर हनुमान चोक स्थित प्र.चौ. परवानिपुरबाट
खटिएको प्र.ब.ना.नि. को चेकिङ टोलिले चेक जाँच गर्ने क्रममा बिरगंजबाट भैरहवा तर्फ
जाँदै गरेको ना ५ ख ८५६५ नं. को ट्रकमा बिल बिजक भन्दा बढि अ.मु. रू.७०,४३,७०५/-
(सत्तरी लाख त्रिचालिस हजार
सात सय पाँच) बराबरको खुद्रा सामानहरु रहेकोले उक्त ट्रक
नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी मिति २०८०।१०।२९ गते राजश्व अनुसन्धान
कार्यालय पथलैया,
बारामा बुझाइएको ।