फरार प्रतिवादी पक्राउ
२०८०-११-०१
- A
- A-
- A+
१. बारा,
मिति २०८०।१०।२९ गते अं. १५:३०बजेको समयमा वन मुद्दामा जनही रू.१२,५३९/- (बाह्र
हजार पाचँ सय उन्नचालिस) को दरले जरिवाना तोकिएका फरार प्रतिवादीहरु जि.बारा
कोल्हवी न.पा. ५ रामबन टोल बस्ने श्यामलाल मुखियाको छोरा बर्ष २९ को संजय मुखिया र
ऐ.ऐ. बस्ने सोनेलाल सहनी को छोरा बर्ष ३२ को परमा सहनीलाई ई.प्र.का. कोल्हवीबाट
खटिएको प्र.नि. र ई.प्र.का. सिहोर्वाबाट खटिएको प्र.स.नि.को संयुक्त टोलीले
कोल्हवी न.पा. ५ रामबान टोलबाट नियन्त्रणमा लिई सम्मानित बारा जिल्ला अदालत कलैयामा
बुझाइएको ।
२. सप्तरी,
मिति २०८०।१०।२९ गते अं. १६:०० बजेको समयमा ज्यान मार्ने उद्योग मुद्दामा रु.३,००,०००/-
(तीन लाख) जरिवाना तोकिएको फरार प्रतिवादी जि.सप्तरी बिष्णुपुर गा.पा. ७ बस्ने
वर्ष ५० को छेदीलाल मण्डललाई ई.प्र.का. बिष्णुपुरबाट
खटिएको प्र.ना.नि.को टोलीले पक्राउ गरी जि.प्र.का. सप्तरीमा बुझाईएको ।