फरार प्रतिवादी पक्राउ
२०८०-११-०२
- A
- A-
- A+
१.
बारा, मिति २०८०।११।०१ गते अं. १९:०० बजेको
समयमा कुटपिट अंगभंग मुद्दामा ३ महिना कैद र रु. १०,०००/- जरिवाना भएको फरार
प्रतिवादी जि. बारा कलैया उ.म.न.पा. २ कलैया बजार बस्ने राजेसरा गिरीको छोरा वर्ष
३५ को सन्तोष राज गिरीलाई अ.प्र. पोष्ट बसपार्कबाट खटिएको प्र.ब.ना.नि. को टोलीले निजकै
गाँउ घरबाट नियन्त्रणमा लिई जि.प्र.का. बारामा पठाईएको ।
२.
सिरहा, मिति २०८०।११।०१ गते १६:२० बजेको समयमा
चोरी मुद्दामा ३ महिना कैद र रु. ५,०००/- जरिवाना तोकिएको फरार प्रतिवादी जि.
सिरहा गोलबजार न.पा. ५ असनपुर बस्ने बृज लाल दासको छोरा बर्ष २५ को धिरज भन्ने
ललित दास तत्मालाई ई.प्र.का.गोलबजारबाट खटिएको प्र.स.ह.को टोलीले पक्राउ गरी ई.प्र.का. गोलबजारमा ल्याई राखिएको ।
३.
सिरहा, मिति २०८०।११।०१ गते २१:३० बजेको समयमा
ई.प्र.का. अनारमती बिर्तामोड झापाको च.नं. ५०४१ को प्राप्त पत्रमा उल्लेखित बैँकिङ
कसुर मुद्दाको फरार प्रतिवादी जि. सिरहा गोलबजार न.पा. ११ बस्ने मिश्रीलाल यादवको
छोरा बर्ष ४१ को उमेश कुमार यादवलाई ई.प्र.का. गोलबजारबाट खटिएको प्र.स.नि. को
टोलिले निजकै गाँउ घरबाट पक्राउ गरी ई.प्र.का. अनारमनी बिर्तामोड, झापा पठाईएको ।