अपराधिक कार्यमा संलग्न २ जना प्रहरी कर्मचारी पक्राउ
२०८०-११-१३
- A
- A-
- A+
मिति २०८०।११।०८ गते
अं. १६:०० बजेको समयमा जि.महोत्तरी महोत्तरी गा.पा. ५ घर भई हाल जिल्ला प्रहरी
कार्यालय धनुषामा कार्यरत बर्ष ३४ को प्र.स.ह. दिपेन्द्र कुमार राज र जिल्ला
सुनसरी देवानगंज गा.पा. वडा नं.२ घर भई हाल जि.प्र.का. धनुषामा कार्यरत बर्ष २१ को
प्र.ज. रोशन कुमार यादबले आपराधिक लाभ लिने नियतले पीडितबाट बिभिन्न कम्पनीको
मोबाईल थान-३१ लिई उक्त मोबाईलहरु फिर्ता गर्न भनी नगद रू. २ लाख लिई मोबाईल समेत
फिर्ता नगरी आफैसँग राखेको भन्ने जानकारी यस मधेश प्रदेश प्रहरी कार्यालयमा
प्राप्त हुन आए पश्चात मिति २०८०।११।११ गते जिल्ला धनुषा जनकपुरधाम उ.म.न.पा.७
स्थितमा रहेको अन्जनी माई कुट्टीको उत्तर तर्फ रहेको पोखरीको डिलको तल झाडीमा सानो
रातो रंगको ब्याग भित्र निजहरुले लुकाई छिपाई राखेका बिभिन्न कम्पनिको मोबाईल
थान-३१ र पीडितबाट लिएको नगद रु. २ लाख मध्येबाट रु. ९५,०००।- निजहरुकै
रोहबरमा बरामद गरी दुबै जनालाई कानुन बमोजिम पक्राउ गरी बरामद भएको दशि सहित पीडितको
जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषामा अपराधिक विश्वाशघात र अपराधिक लाभ
शीर्षकमा मुद्दा दर्ता गरी आज मिति २०८०।११।१३ गते सम्मानित जिल्ला अदालत धनुषाबाट
अनुसन्धानका लागि मिति २०८०।११।११ गतेबाट लागु हुने गरी दिन ७ म्याद थप गरी
अनुसन्धान भइरहेको ।