फरार प्रतिवादी नियन्त्रणमा
२०८०-११-१६
- A
- A-
- A+
१.
सप्तरी, मिति २०८०।११।१५ गते
१६:१५ बजेको समयमा सवारी ज्यान मुद्धामा ३ बर्ष कैद र रु.३२,०००/- (बत्तीस हजार) जरिवाना
तोकिएको फरार प्रतिवादि जिल्ला सप्तरी तिलाठी कोईलाडि गा पा ७ बस्ने सकलदेव
मण्डलको छोरा जगदीश कुमार मण्डललाई जि.प्र.का. सप्तरीबाट खटिएको प्रहरी गस्ति
टोलीले गस्ति गर्दै जाने क्रममा पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला
अदालत राजबिराज सप्तरीमा बुझाईएको ।
२. रौतहट,
मिति २०८०।११।१६ गते अं. १४:३० बजेको समयमा ज्यान
मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद भुक्तान बाँकी रहेको फरार प्रतिवादी जि. रौतहट
गरुडा न.पा. ९ सिसवा बस्ने बर्ष ७५ को लछुमन दास तत्मालाई प्र.चौ. बिर्ताबाट खटिएको प्रहरी टोलीले ऐ.ऐ. स्थित सिसवा बजारमा
घुमफिर गरिरहेको अवस्थामा नियन्त्रणमा लिइ
थप अनुसन्धानको लागि ई.प्र.का. गरुडामा पठाएको ।
३.
धनुषा, मिति २०८०।११।१६ गते ०९:३०
बजेको समयमा कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा फरार रहेका जि. रौतहट चन्द्रपुर
न.पा. ७ नयाँ बस्ती बस्ने शंकर दासको छोरा बर्ष ३० को राजु दास भन्ने राजु दास
कथबनियालाई ई.प्र.का. महेन्द्रनगर र प्र.चौ. लक्ष्मिनियाँबाट खटिएको संयुक्त
प्रहरी टोलीले जि.धनुषा लक्ष्मिनिया गा.पा. ३ बनिगामा स्थित श्री दिवस दिप दलित सामुदायिक
विद्यालयबाट नियन्त्रणमा लिई ई.प्र.का.महेन्द्रनगरमा ल्याई राखेको ।