बिल बिजक भन्दा बढी सामान लोड रहेका ट्रकहरू पक्राउ
२०८०-११-२०
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।११।१८ गते १७:३० बजे बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा किताबहरू बोकेको
माल बाहक पिकअप तथा ट्रक ICP बाट काठमाण्डौतर्फ जाँदै गरेको
छ भन्ने सूचनाको आधारमा जि.पर्सा बिरगञ्ज म.न.पा. २५ चण्डाल चोक स्थित सडकखण्डमा BR22GA
4916 नम्बरको पिकअप र ना.४ ख. ९८७ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच
गर्ने क्रममा बिल बिजक भन्दा बढी किताब तथा लत्ताकपडाहरू रहेको तथा सो बिल बिजक
संकास्पद देखिएको हुँदा अ. मुल्य रू. १,४२,७८,१२०/- (एक करोड बयालीस लाख अठहत्तर
हजार एक सय बीस रुपैयाँ) बराबरको किताब तथा कपडाहरू नियन्त्रणमा लिई थप अनुसन्धान
तथा आवश्यक कारवाहीको लागि मिति २०८०।११।२० गते राजश्व अनुसन्धान कार्यालय पथलैया,
बारामा बुझाइएको ।
२. महोत्तरी, मिति २०८०/११/१८ गते २३:४० बजेको समयमा जि. महोत्तरी
बर्दिबास न.पा. ३ कालापानी स्थित बि.पि. राजमार्गमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी
टोलिले चेकजाँच गर्ने क्रममा बर्दिबासबाट
भक्तपुर तर्फ जाँदै गरेको ग.२ ख. १६९२ नं.को ०७ टन प्याज लोड रहेको VCTS
ON-LINE बिल र प्यान बिल भएको मालबाहक ट्रकलाई शंकास्पद लागि नियन्त्रणमा लिई थप
अनुसन्धानको लागि ट्रक र ट्रक चालक जि. धनुषा मिथिला न.पा. ७ ढल्केबर बस्ने बर्ष
३८ को सुनिल पाख्रिनलाई राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको ।