अनलाईन ठगीमा संलग्न ३ जना मानिस पक्राउ
२०८०-११-२१
- A
- A-
- A+
मिति
२०८०।११।०५ गते बिहान अं. ०९:५६ बजेको
समयमा जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ७ मा +९२३२५०१६९१३५ नं.को
WHATS
APP बाट कल गरी तपाईको छोरा मेरो कब्जामा छ, छोरा चाहिन्छ भने मैले
भने बमोजिम रकम पठाउनुस्, यो कुरा अन्य कसैलाई जानकारी गराएमा तपाईको छोरालाई मारी
दिन्छु भनी विभिन्न किसिमको डर त्रास देखाई विभिन्न व्यक्तिहरुको फरकफरक खातामा
नेपाली रुपैया १२,८०,०००। - जम्मा गर्न लगाई उक्त रकम निकाली ठगी गरेको भनी उजुरी
प्राप्त भएको एवं सो WHATS APP को प्रोफाइल पिक्चरमा प्रहरी
वरिष्ठ अधिकृतको फोटो समेत दुरुपयोग गरेको देखिएकोमा उक्त उजुरीको अनुसन्धान गर्ने
क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट
परिचालित प्रहरी टोलीले ठगीमा संलग्न
देखिएको निम्न नामथर, वतन भएका अभियुक्तहरुलाई मिति २०८०।११।१८ गते पक्राउ
गरी पीडितको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठगी (अनलाईन)
शीर्षकमा मुद्दा दर्ता गरी मिति २०८०।११।१८ गतेबाट लागु हुने गरी सम्मानित जिल्ला
अदालत सप्तरीबाट अनुसन्धानको लागि दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको ।
निम्न
:
१.
जिल्ला झापा मेचिनगर न.पा.
वडा नं. ६ मा बस्ने शम्भु प्रसाद मैनालीको छोरा अं. वर्ष २६ को सविन मैनाली,
२.
ऐ. वडा नं. १० मा बस्ने
ईन्द्र प्रसाद मैनालीको छोरा वर्ष २७ को शुभम मैनाली,
३.
जिल्ला सुनसरी धरान उप
म.न.पा. वडा नं. ०३ बस्ने मिन बहादुर बराईलीको छोरी वर्ष १९ की आशिका बराईली ।