बिल बिजक भन्दा बढि सामान लोड भएको सवारी साधन नियन्त्रणमा
२०८०-११-२२
- A
- A-
- A+
१. पर्सा मिति २०८०।११।२१ गते २२:२० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १४ गण्डक चोक स्थितमा जि.प्र.का. पर्साबाट खटिएको सुचना संकलन टोलिले बिरगंजबाट हेटौंडा तर्फ जाँदै गरेको ना ८ ख ६१७१ नं.को मिनी ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा लोड भएको खुद्रा सामान बिल बिजक भन्दा बढी अ. मुल्य रु. ४८,९२,३८२/- (अड्चालिस लाख बयानब्बे हजार तीन सय बयासी रुपैयाँ) बराबरको सामान सहित मिनिट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको ।
२.
बारा, मिति २०८०/११/२१ गते २३:५०.बजेको समयमा जि. बारा जितपुरसिमरा
उ.म.न.पा. १ पथलैया चोक स्थितमा प्र.चौ. पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलिले
विशेष सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा बिरगंजबाट नुवाकोट तर्फ जाँदै गरेको
ना.४ ख. ११२७ नं.को ट्रकलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढी परिमाणमा
सामान रहेको र श्रोत समेत खुलाउन नसकेकोले अ. मुल्य रू. २५,७७,७८८/- (पच्चिस लाख
सतहत्तर हजार सात सय अठासी रूपैयाँ) बराबरको खुद्रा सामान सहित ट्रक नियन्त्रणमा लिई
आवश्यक
कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको ।