बिल बिजक भन्दा बढि खुद्रा सामान लोड भएको ट्रक नियन्त्रणमा
२०८०-११-२३
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।११।२३ गते ००:३०
बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. २१ हनुमान चोक स्थितमा प्रहरी चौकी परवानिपुरबाट
खटिएको प्रहरी चेकिङ टोलिले बिरगंजबाट राजबिराज तर्फ जाँदै गरेको ना ३ ख ७५९१
नं.को ट्रकलाई रोकी चेकजाँच गर्दा बिभिन्न खुद्रा सामानहरुको प्रज्ञापन पत्र नभएको
तथा बिल बिजक भन्दा बढि सामान लोड भएको हुनाले उक्त सामानको अ.मुल्य रु.२५,८८,९५७।-
(पच्चिस लाख अठासी हजार नौ सय सन्ताउन्न रुपैयाँ) बराबरको सामान सहित उक्त ट्रकलाई
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय
पथलैया बारामा बुझाईएको ।
२.
पर्सा, मिति २०८०।११।२२ गते
अं. २१:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. २१ स्थित चेक प्वाईन्टमा प्र.चौ.
परवानिपुरबाट खटिएको प्रहरी टोलिले बिरगंजबाट सर्लाही तर्फ जाँदै गरेको ना.७ ख.
७६७६ नं. को मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा बिभिन्न खुद्रा समानको प्रज्ञापन
पत्र नभएको तथा बिल बिजक भन्दा बढीको सामान भएको हुनाले उक्त सामानको अं. मुल्य रु.
१४,३६,०१७/- र ट्रकको अं. मुल्य रु. १२,००,०००/- गरी जम्मा अं. मुल्य रु.
२६,३६,०१७/- बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाहीको
लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको ।