प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

खोटा मुद्रा सहित मानिस नियन्त्रणमा

२०८०-११-२३

  • A
  • A-
  • A+
Share

बारा, मिति २०८०।११।२२ गते १६:३० बजेको समयमा जि. बारा सिम्रौनगढ न.पा. ४ हरिहरपुर स्थित ई.प्र.का. सिम्रौनगढबाट खटिएको प्रहरी चेकिङ टोलीले शंकास्पद रुपमा हरिहरपुरबाट सिम्रौनगढ तर्फ आउँदै गरेको BR 05 J 2181 नं.को मो.सा. लाई रोकी चेक जाँच गर्दा जि.बारा महागढीमाई न.पा. ९ कञ्चनपुर बस्ने वर्ष ३५ को राम बिनय सहनीको साथबाट हजार दरका ८ वटा रू. ८,०००/- (आठ हजार) बराबरको खोटा मुद्रा (नक्कली नोट) बरामद भएकोले उक्त नक्कली नोट सहित मो.सा. र निज राम बिनय सहनीलाई नियन्त्रणमा लिई ई.प्र.का. सिम्रौनगढमा ल्याई राखिएको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-२३

१.      पर्सा, मिति २०८१/०१/२२ गते अं. ११:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. २१ हनुमान चोक स्थितमा प्र.चौ. परवानीपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले नारायणगढ चितवनबाट बिरगंज तर्फ आउँदै गरेको बा. ४ ख. ५९३७ नम्बरको बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार जि. मकवानपुर राकसीरांङ गा.पा. २ ठुमको टोल बस्ने अं. बर्ष ४२ को ईन्द्र कुमारी चेपाङ र ऐ.ऐ. बस्ने अं. बर्ष ३६ को फुलमाया स्याङबोले बोकेको ब्याग चेकजाँच गर्दा उक्त ब्यागमा २ पोका अं.१० किलो लागु औषध गाँजा फेला परेकोले उक्त लागु औषध सहित निजहरु दुवैजनालाई नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

चाँदी जस्तो देखिने धातु सहित मानिस नियन्त्रणमा
२०८१-०१-२३

१.      पर्सा, मिति २०८१/०१/२२ गते अं. १३:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ रजतजयन्ती चोक स्थितमा प्र.चौ. ईनर्वा र लागु औषध नियन्त्रण ब्युरो शाखा बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ पैदल आउँदै गरेको जिल्ला बारा फेटा गा.पा. ३ बस्ने बिरेन्द्र सोनारको छोरा वर्ष २३ को रोशन सोनारको शरीर चेक जाँच गर्दा निजले रातो सेतो गम्छामा शरिरको कम्मरको भागमा बेरी लुकाई छिपाई राखेको अवस्थामा सेतो चाँदी जस्तो देखिने धातुको बिभिन्न गरगहनाहरु खोल सहित २ के.जी. १७३ ग्राम र खोल बाहेक २ के.जी. फेला परेकोले उक्त गरगहना सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  

खुद्रा सामान सहित ट्र्क नियन्त्रणमा
२०८१-०१-२३

१.      बारा, मिति २०८१/०१/२२ गते अ. ०९:३० बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. ०१ स्थित पथलैया चोकमा प्र.चौ. पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोली र तालुज जि.प्र.का. बारा बाट खटिएको सुचना संकलनको संयुक्त टोलीले बिरगंजबाट काठमाडौं तर्फ खुद्रा सामान लिएर जाँदै गरेको ना ६ ख ८०३२ नम्बरको ट्र्कलाई बिशेष सुचनाको आधारमा चेक जाँच गर्दा बिल बिजक भन्दा सामान बढी रहको र स्रोत समेत खुलाउन नसकेकोले अं. मुल्य रु. ४८,४९,२१६/- (अड्चालिस लाख उनन्पचास हजार दुइ सय सोह्र रुपैयाँ) बराबरको  खुद्रा सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-२१

१.      पर्सा, मिति २०८१/०१/२० गते अं. २१:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६  रजतज्यन्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ पैदल आउँदै गरेको जिल्ला चितवन भरतपुर म.न.पा. १ बस्ने मन बहादुर मुक्तानको छोरा वर्ष २९ को संतोष मुक्तानको शरीर चेक जाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको वायाँ गोजीमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध NITRAVET-10 लेखिएको २ पत्तामा जम्मा २७ पिस ट्याब्लेट फेलापरेकोले उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का.बिर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।१.      सिरहा, मिति २०८१।०१।२० गते अं. १४:१५ बजेको समयमा जि. सिरहा गोलबजार न.पा. ४ स्थितमा ऐ. ऐ. ११ बलकवा घर बताउने हैद्रिस खानको छोरा अं. बर्ष ४७ को मो.जाकिर खानले संचालन गरेको अफ्रिम कुखुरा मासु पसलमा कुखुरा सफा गर्ने मेसिन मुनी ला.औ. लुकाई छिपाइ राखेको छ भने गोप्य सुचनाको आधारमा इ.प्र.का. गोलबजारबाट र मधेश प्रेदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त कुखुरा मासु पसलमा चेक जाँच गर्दा कुखुरा भुत्ल्याउने मेसिन मुनी NITRA-VET-10 ट्याब्लेट १० पिस, DIAZEPAM - १०० एम्पुल, BUPRENORPHINA- १०० एम्पुल र PROMETHAZINA- १०० एम्पुल लागु औषध फेला परेकोले उक्त लागु औषध सहित निज जाकिर खान र सोही पसलमा काम गर्ने ऐ. धनगढीमाई न.पा. ९ मुसहर्निया टोल बस्ने रहमान खानको छोरा अं. बर्ष ४३ को कालु खानलाई नियन्त्रणमा लिई इ.प्र.का. गोलबजारमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      धनुषा, मिति २०८१/०१/२१ गते अं. १३:०० बजेको समयमा जिल्ला धनुषा नगराईन न.पा. ४ फुलगामा चोक स्थितमा इ.प्र.का. फुलगामाबाट खटिएको प्रहरी गस्ति टोलिले चेकजाँचको क्रममा जिल्ला धनुषा नगराईन न.पा. ९ बस्ने श्याम सुन्दर साहको छोरा अं. वर्ष २२ को लवराज साहको गोजीबाट Nitravet Tablet-10 लेखिएको ९ पिस ला.औ. फेला परेको हुँदा निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।३.      सप्तरी, मिति २०८१।०१।२१ गते अं. ०६:५० बजेको समयमा जि. सप्तरी सप्तकोशी न.पा. २ पर्सा टोल स्थितमा प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरी गस्ति टोलिले बलारदहबाट फत्तेपुर तर्फ आउँदै गरेको जि. सुनसरी बराहक्षेत्र न.पा. ६ बस्ने कमल परियारको छोरा अं. बर्ष १९ को बिबेक परियारलाई शंका लागि चेक जाँच गर्दा निजको साथबाट TRAMANIL नामक ५८ पिस क्याप्सुल फेला परेकोले निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई प्रहरी यस चौकी फत्तेपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  

बिल बिजक भन्दा बढी सामान लोड गरेको ट्रक नियन्त्रणमा
२०८१-०१-२१

१.      बारा, मिति २०८१/०१/२० गते अं. १२:४०.बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१ पथलैया चोक स्थित इ.प्र.का. सिमराबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट भैरहवा तर्फ कपडा, मोटर र पाइप लिएर जाँदै गरेको ना.६.ख.०१३७ नं.को  ट्रकलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा बढी सामान रहेको हुदाँ अं. मुल्य रू. ५५,४५,२७०/- (पचपन्न लाख पैंतालिस हजार दुइ सय सत्तरी रूपैयाँ) बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको । २.      पर्सा, मिति २०८१।०१।२१ गते निम्न स्थानमा जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले बिज बिजक भन्दा भढी खुद्रा सामान लोड गरेको निम्न ट्रकहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. पर्सामा ल्याई राखिएको ।निम्नः-१.      जि. पर्सा बि.म.न.पा. १४ गण्डक चोक स्थितबाट अं. ०५:४० बजेको समयमा ना. ८ ख. २७१२ नं को ट्रकलाई अं. मुल्य रु. ३०,७७,३५५/- (तिस लाख सतहत्तर हजार तिन सय पचपन्न रुपैयाँ) बराबरको सामान सहित नियन्त्रणमा लिएको ।२.      जि.पर्सा बि.म.न.पा. ६ गहवा स्थितबाट अं. ०६:०० बजेको समयमा ना. ६ ख. ७९७२ नं. को ट्रकलाई अं. मुल्य रु. २०,१५,६८१/- (बिस लाख पन्ध्र हजार छ सय एकासी रुपैयाँ) बराबरको सामान सहित नियन्त्रणमा लिएको ।