फरार प्रतिवादी नियन्त्रणमा
२०८०-११-२९
- A
- A-
- A+
१. रौतहट,
मिति २०८०।११।२८ गते १७:४० बजेको समयमा ज्यान मार्ने उद्योग मुद्दाको फरार
प्रतिवादी जि. रौतहट गुजरा न.पा.८ जैराजपुर बस्ने हमिद मिया मनसुरीको छोरा वर्ष २४
को महमद मुसिन मनसुरीलाई प्रहरी चौकी हर्षाहा रौतहटबाट खटिएको प्रहरी टोलिले ऐ. वृन्दावन
न.पा. ६ चिकनाटोलबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इ.प्र.का. गरुडामा
ल्याई राखिएको ।
२. सिरहा,
मिति २०८०।११।२९ गते ०९:३० बजेको समयमा ज्यान मार्ने उद्योग मुद्दामा २ बर्ष कैद सजाय
तोकिएको फरार प्रतिवादी जि. सिरहा नरहा
गा.पा. ५ बस्ने बिन्देश्वर यादवको छोरा वर्ष
३० को श्री राम यादवलाई इ.प्र.का.नरहाबाट खटिएको प्रहरी टोलीले निजकै घर वतनबाट
पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का.सिरहामा बुझाईएको ।