खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८०-११-३०
- A
- A-
- A+
१.
बारा, मिति २०८०/११/२९ गते २३:२० बजेको समयमा जि. बारा जितपुरसिमरा
उ.म.न.पा. २१ स्थितमा इ.प्र.का. अमलेखगंजबाट खटिएको प्रहरी चेकिङ टोलिले चेकजाँच
गर्ने क्रममा विरगंजबाट काठमाडौँ तर्फ जाँदै गरेको ना.५ ख ७९४७ नं.को मिनि
ट्रकलाई रोकी चेक जाँच गर्दा बिल बिजक
भन्दा फरक रहेकोले अ. मुल्य रू. ३६,८७,०१७/- (छत्तिस लाख सतासी हजार सत्र
रूपैयाँ) बराबरको खुद्रा सामान सहित उक्त ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि
राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको ।
२. बारा, मिति २०८०/११/२९ गते २३:५० बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. १ पथलैया चोक स्थितमा प्र.चौ. पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलिले विशेष सुचनाको आधारमा चेक जाँच गर्दा पर्साबाट रूपन्देही तर्फ जाँदै गरेको ना.३ ख. ६९५९ नं.को ट्रकलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढी सामान रहेको र श्रोत समेत खुलाउन नसकेकोले अ. मुल्य रू.३८,८३,१४०/- (अठ्तीस लाख तिरासी हजार एक सय चालिस रूपैयाँ) बराबरको खुद्रा सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको ।