मन्दिर तोडफोड गर्ने व्यक्ति पक्राउ
२०८०-११-३०
- A
- A-
- A+
मिति २०८०।११।२९ गते अं. १८:३० बजेको समयमा जिल्ला सर्लाही मलंगवा न.पा. ८ स्थित रहेको राजदेवी मन्दिर र ऐ.ऐ. ९ स्थित रहेको झिलिमिलिया माई मन्दिर भित्र रहेको मूर्ति तोडफोड भएको भनी सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट परिचालित प्रहरी टोलीले घटनास्थलमा खटी गई आवश्यक अनुसन्धान तथा घटनास्थलमा रहेका सबुद प्रमाणको आधारमा जिल्ला सर्लाही मलंगवा न.पा. ८ बस्ने वर्ष ३३ को राकेश बैठालाई नियन्त्रणमा लिई मिति २०८०।११।३० गते धर्म सम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालत मलंगवा सर्लाहीबाट दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी गराईन्छ ।
साथै मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ को धर्म सम्बन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुने, धार्मिक भावनामा आघात पुर्याउन नहुने, धार्मिक रीति स्थितिमा बाधा पुर्याउन नहुने, धर्म परिवर्तन गराउन नहुने व्यवस्था रहेको र धर्म सम्बन्धी कसुरमा अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको जानकारी गराउँदै यस्ता कसुर गर्ने वा गराउने व्यक्ति जो कोहीलाई पनि कानुन बमोजिम हदैसम्मको कारवाही गरिने व्यहोरा समेत सुचित गरिन्छ ।