फरार प्रतिवादी पक्राउ
२०८०-१२-०१
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०।११।३० गते
अं. १६:०० बजेको समयमा सवारी ज्यान (पेण्डिङ्) मुद्दाको फरार प्रतिवादी जि. बारा
महागढिमाई न.पा. १० गन्जभवानीपुर बस्ने ईजराईल हुसेनको छोरा वर्ष ५४ को अफताव
आलमलाई इ.प्र.का. गरुडाबाट खटिएको प्रहरी
टोलिले जि. रौतहट गरुडा न.पा. ४ गरुडा बजारमा घुमफिर गरिरहेको अवस्थामा
नियन्त्रणमा लिई इ.प्र.का. गरुडामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
२.
रौतहट, मिति २०८०/१२/०१ गते
अं. ०९:०० बजेको समयमा बैंकिङ्ग कसुर (चालु) मुद्दाको फरार प्रतिवादी जि.रौतहट
गरुडा न.पा.५ शिवनगर बस्ने टि.के. रायको छोरा वर्ष ३५ को चिन्टु रायलाई इ.प्र.का. शिवनगरबाट
खटिएको प्रहरी टोलीले निजको घर नजिकैबाट नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जि.प्र.का.
रौतहट पठाइएको ।