फरार प्रतिवादी पक्राउ
२०८०-१२-०७
- A
- A-
- A+
१.
सिरहा, मिति २०८०।१२।०६ गते २०:३५ बजेको समयमा
जबरजस्ति
करणी सम्बन्धि कसुरको चालु मुद्दाका फरार प्रतिवादी जि. सिरहा कल्याणपुर न.पा. ५ बस्ने जमसेद
मिँयाको छोरा बर्ष ५० को ईसलाम मिँयालाई
गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट चिक्नाबाट खटिएको प्रहरी टोलीले खो.त. गर्दै जाँदा निजकै गाउँ घरबाट नियन्त्रणमा लिई अ.प्र.पो. चिक्ना सिरहामा ल्याई थप अनुसन्धान
कार्य भईरहेको ।
२.
सिरहा, मिति २०८०।१२।०६ गते १२:५५
बजेको समयमा लागु औषध मुद्दामा घटना वारदात पश्चात फरार रहेको प्रतिवादी जि. सिरहा
गोलबजार न.पा.३ बस्ने बुद्ध लामा भन्ने बुद्धे डुम्जनको छोरा वर्ष २३ को विशाल
तामाङ भन्ने विशाल डुम्जनलाई इ.प्र.का. गोलबजारबाट
खटिएको प्रहरी टोलीले पक्राउ गरी इ.प्र.का. गोलबजारमा ल्याई राखिएको ।