प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सड्सठ्ठी लाख एकसठीहजार पाँच सय चौरान्वे बराबरको अवैध सामानहरू सहित ५ वटा ट्रकहरू पक्राउ

२०८०-१२-०८

  • A
  • A-
  • A+
Share


 विशेष सूचनाको आधारमा जि.प्र.का.पर्साबाट खटिएको प्रहरी टोलीले निम्न स्थानहरूबाट निम्न नम्बरका मालवाहक ट्रकहरूलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा साथमा रहेको विलविजक विलविजक संकाष्पद देखिएको तथा विलविजक भन्दा बढीका मालबस्तुहरू लोड रहेको अ.मू.रु.६७,६१,५९४।– ( सड्सठ्ठी लाख एकसठी हजार पाँच सय चौरान्वे  ) बराबरका  खाद्यान्न, औषधी, विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर पार्टसहरू आवश्यक कारवाहीको लागि मिति २०८०।१२।०८ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

पक्राउ गर्ने प्रहरी इकाईः- जि.प्र.का. पर्सा ।

१.   मिति २०८०।१२।०७ गते अं.२२:३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.८ घण्टाघर स्थित सडकखण्डबाट ना.३ ख ७६५६ र प्र.३-०३-००१ ख ००९८ नम्बरको मालवाहक ट्रकहरूमा खाद्यान्न, खुद्रा र प्याजहरू लोड गरी वीरगञ्जबाट चितवन र मकवानपुरतर्फ जादै गरेको अवस्थामा अ.मू.रू.२९,४८,४१३।–

२.   मिति २०८०।१२।०७ गते अं.१९:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२५ चण्डालचोक स्थित सडकखण्डबाट BR05G 9992 नम्बरको पिकअप गाडीमा कुर्ता सुरवाल लोड गरी काठमाण्डौतर्फ जाँदै गरेको अवस्थामा अ.मू.रु.१५,८४,०२१।–

३.   मिति २०८०।१२।०७ गते जिल्ला पर्सा अं.१७:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोक स्थितबाट वेवारिसे अवस्थामा हार्डवेयर मोटर पार्टस अ.मू.रू.४,००,०००।–

४.   मिति २०८०।१२।०८ गते अं.१२:०० बजेको समयमा जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.९ रेल्वे रोड स्थितबाट Cotco चक्लेटहरू १० कार्टुन अं.मू.रू.५२,०००।– वेवारिसे अवस्थामा फेला पारी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको ।

पक्राउ गर्ने प्रहरी इकाईः- प्रहरी चौकी गण्डक पर्सा ।

१. मिति २०८०।१२।०८ गते अं.०१:३५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१४ गण्डक स्थित सडकखण्डबाट ना.३ ख ३७४, ना.३ ख ४८७७ नम्बरको मालवाहक ट्रकहरूमा खाद्यान्न तथा खुद्रा सामानहरू लोड गरी  वीरगञ्जबाट पोखरा र चितवनतर्फ जादै गरेको अवस्थामा अ.मू.रू.१७,७७,१६०।–

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-२८

लागू औषध सहित मानिस नियन्त्रणमा१.     पर्सा, बहुदरमाई नगरपालिका ३ पदमैल गम्हरियाबाट लागू औषध गाँजा १५ किलो ग्राम सहित सोही स्थान बस्ने बर्ष ३८ को रफिक महमदलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा निजको घरको बिभिन्न ठाउँमा लुकाई छिपाई राखेको अवस्थामा १५ किलो लागू औषध गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     बारा, जितपुर सिमरा उपमहानगरपालिका २१ स्थितबाट लागू औषध गाँजा १ के.जी. ५०० ग्राम सहित जिल्ला बारा प्रसौनी गा.पा. ६ प्रसौनी बस्ने वर्ष ३५ को अजय साह र जिल्ला बारा कलैया उ.म.न.पा १८ मनगढवा बस्ने वर्ष ४५ को चनरदेव महतोलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट बिरगंज तर्फ आउँदै गरेको ना ४ ख ९८६८ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     सिरहा, औरही गा.पा.०१ हनुमान चौक स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ५.४०० मिलि ग्राम, बिभिन्न कम्पनीको माबाईल थान -४ र नेपाली नगद रु. १,१९,०००/- (एक लाख उन्नाईस हजार) सहित जि.सिरहा सिरहा न.पा.०१ बस्ने प्रदिप यादवको छोरा अं.बर्ष २७ को पंकज यादव, सिरहा न.पा. २ बस्ने बर्ष २२ को शंकर यादव र औरही गा.पा. ५ बस्ने बर्ष २९ को प्रबिण यादवलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । लागू औषध नियन्त्रण ब्युरो गोलबजार र प्रहरी चौकी हर्कट्टीबाट खटिएको संयुक्त प्रहरी टोलीले हर्कट्टीबाट भारत लदनियाँ बोर्डर तर्फ जाँदै गरेको BR 06 DC 4995 नम्बरको जिपलाई शंका लागी चेकजाँच गर्दा निजहरुलाई उक्त लागू औषध, मोबाईल र नगद सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बिलबिजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०५-२८

१.     बारा, जितपुर सिमरा उपमहानगरपालिका २१ स्थितबाट अं. मुल्य रु. ७५,०८,२३७/- (पचहत्तर लाख आठ हजार दुई सय सैंतिस रुपैयाँ) बराबरको सामान साहित ना ८ ख ७२४४ नम्बरको डिब्बा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको उक्त ट्रकलाई चेकजाँच गर्दा विलबिजक भन्दा बढी सामान लोड रहेको र सपोर्टिङ बिल समेत नभएको कारण खुद्रा सामानहरु (कम्प्युटर पार्टस, ईलेक्ट्रोनिक्स सामान, कस्मेटिक आईटम) सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-२७

१.     पर्सा, बिरगंज महानगरपालिका १४ गण्डक स्थितबाट लागू औषध NITRAVE-10 ट्याब्लेट २९ पिस सहित जिल्ला चितवन भरतपुर म.न.पा. १७ बस्ने बर्ष २१ को रबि राउत र सोही स्थान बस्ने बर्ष १९ को संदेश सिंह दनुवारलाई बुधवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले बसपार्कबाट गण्डक तर्फ आउँदै गरेको पैदल यात्रीहरुलाई शंका लागी चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।२.     सिरहा, मिर्चैया नगरपालिका ५ स्कुलटोल स्थितबाट लागू औषध गाँजा १ किलोग्राम सहित जिल्ला सिरहा गोलबजार न.पा. २ टुर्किया टोल बस्ने गंगा राम साहको श्रीमती बर्ष ४० की गिता कुमारी साह र मिर्चैया न.पा. ५ स्कुलटोल बस्ने झुमक साहको श्रीमती बर्ष ४० की प्रमिला देबी साहलाई बुधवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा लागू औषध गाँजा खरिद बिक्री गरिरहेको अवस्थामा निज दुवै जनालाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     पर्सा, बहुदरमाई नगरपालिका ३ पदमैल गम्हरिया स्थितबाट लागू औषध गाँजा १५ किलोग्राम सहित सोही स्थान बस्ने बर्ष ३८ को रफिक महमदलाई बिहीवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलिले बिशेष सुचनाको आधारमा चेकजाँच गर्दा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०५-२६

१.      बारा, जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चौक स्थितबाट बिल बिजक भन्दा बढी सामान लोड रहेको ना ३ ख १६४३ नम्बरको ट्रकलाई मंलवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले बिरगंजबाट झापा तर्फ जाँदै गरेको ट्रकलाई चेक जाँच गर्दा बिल बिजक भन्दा बढी सामान रहेको र राजस्व छलीको आशंकामा खुद्रा सामान (कपडा, पेन्ट, मोटर पार्टस, चक्लेट) अ.मुल्य रु. ३६,१२,४६८/- (छत्तिस लाख बाह्र हजार चार समय अरसट्ठी रुपैयाँ) बराबरको सामान सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ । २.     सर्लाही, बागमती नगरपालिका१२ स्थितबाट बिल बिजक भन्दा बढी सामान लोड रहेको ना ६ ख १३३१  नम्बरको ट्रकलाई मंलवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट बिराटनगर तर्फ जाँदै गरेको उक्त नम्बरको डिब्बा (कन्टेनर) गाडीलाई चेकजाँच गर्दा सामानको प्रज्ञापन पत्र नभएको, भ्याटबिल नभएको प्यानबिल मात्र भएको र बिलमा मुल्य उल्लेख भएको बिल बिजक शंकास्पद देखिएको सामानहरु (मेडिसिन, किराना सामानहरु, गाडीको पार्टसहरु र मोबाईल पार्टसहरु) अं. मुल्य रु. ३९,९८,४८८/- (उनन्चालिस लाख अन्ठान्बे हजार चार सय अठासी रुपैयाँ) बराबरको मालसामान सहित डिब्बा (कन्टेनर) गाडीलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।  

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-२६

१.      महोत्तरी, मटियानी नगरपालिका वडा नं. ९ बौहर्वा चौक स्थितबाट लागू औषध NORPHIN ५०० एम्पुल सहित सोही स्थान बस्ने वर्ष १९ को अलाउदिन राईनलाई मंलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पर्सापतैलीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा अलाउदिन राईनले बोकेको झोला शंका लागि चेकजाँच गर्दा उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सिरहा, लहान नगरपालिका १९ कटहा स्थितबाट लागू औषध WIXDIN २० पिस, NITRAVET- ५ पत्तामा १५० पिस, DIZOPAM- ३६ पिस, PHENARGON-३८ पिस, BIUPRONORPHIN- ३७ पिस र लेबल नभएको १ पिस सहित जिल्ला सिरहा सुखिपुर न.पा. १ शिवनगर बस्ने बर्ष २५ को बिवेक चौधरी र जिल्ला सप्तरी सुरुङगा न.पा. ४ कदमाहा बस्ने बर्ष २८ को सुरज चौधरीलाई मंगलवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा छरापट्टीबाट कटहा तर्फ आउँदै गरेको ज १२ प ६८८९ नम्बरको 160 CC को  FZ मोटरसाइकललाई चेक जाँच गर्दा उक्त लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।