प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एघार लाख असी हजार बराबरको धान लोड रहेको ट्याक्टर पक्राउ

२०८०-१२-११

  • A
  • A-
  • A+
Share


१.      विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०८०।१२।११ गते अं.०८:३० बजेको समयमा जिल्ला पर्सा विन्दवासिनी गा.पा.वडा नं.४ स्थित सडकखण्डबाट ना.४ त २५७२ नम्बरको ट्याक्टरमा धान लोड रहेको ६००० के.जी. रू.११,८०,०००।– ( एघार लाख असी हजार ) बराबरको धान र चालक जि.पर्सा पकाहामैनपुर गा.पा.वडा नं.१ बस्ने वर्ष ४५ को बिनोद कुमार महतोलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको  र मिति २०८०।१२।११ गते अं.०५:३५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२१ हनुमान मन्दिर स्थित सडकखण्डबाट हेटौडाबाट आउँदै गरेको ना.७ ख ७९७७ नम्बरको मालवाहक ट्रकमा लोड रहेको ८१० लिटर अवैध घरेलु मदिरा सहित उक्त ट्रक र जि.बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.१६ बस्ने वर्ष ३५ को राजु यादवलाई घरेलु मदिरा र उल्लेखित नम्बरको ट्रक सहित आन्तरिक राजस्व कार्यालय घडिअर्वामा बुझाइएको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-१६

१.    पर्सा, मिति २०८१।०१।१५ गते अं. ०६:०० बजेको समयमा जि.पर्सा कालिकामाई गा.पा. १ तिनदुबिया बस्ने मथुरा राउत कुर्मीको छोरा अ. बर्ष ४१ को बृजेश प्रसाद कुर्मीको घरमा ला.औ. लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा इ.प्र.का.पोखरिया पर्साबाट खटिएको प्रहरी टोलिले चेक जाँच  गर्दा  घर अगाडीको बरण्डामा सिमेन्टको बोरामा लुकाई छिपाई राखिएको ला.औ. चरेस जस्तो देखिने पदार्थ ३१ पोकामा १७ किलो फेला परेकोले उक्त ला.औ. सहित निज बृजेश प्रसाद कुर्मीलाई नियन्त्रणमा लिई इ.प्र.का. पोखरिया पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।२.      रौतहट, मिति २०८१।०१।१५ गते अं. १३:४५ बजेको समयमा जि. रौतहट कटहरिया न.पा. २ छेदिचोक स्थित अस्थाई प्रहरी पोष्ट छेदिचोकबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले जंगलसहियाबाट कटहरिया तर्फ आउँदै गरेको प्र.२-०३-००१ ह ३१५ नं. को अटोलाई रोकी  चेकजाँच गर्दा चालक बसेको सिट मुनि रातो प्लाष्टिको झोलामा लुकाई छिपाई राखेको दुई पोका १०.५ के.जी.( दश किलो पाँच सय ग्राम) ला.औ. गाँजा  फेला परेकोले उक्त ला.औ. सहित, अटो, अटो चालक जि. बारा निजगढ न.पा. १ बस्ने विर्ख ब. वि.क.को छोरा अं. वर्ष ४२ को अनन्त बराइली, सोहि अटोमा सवार निजको श्रीमती अं. वर्ष ३५ की मन्जु बराइली र नाबालक छोरा अं. वर्ष ८ को उदय बराइलीलाई नियन्त्रणमा लिई इ.प्र.का.गरुडामा ल्याई थप अनुसन्धान कार्य भईरहेको  ।३.    धनुषा, मिति २०८१/०१/१५ गते अं. १७:०० बजेको समयमा जि. धनुषा औरही गा.पा. ५ स्थित औरही चोकमा जिल्ला प्रहरी कार्यालय धनुषा र लागु औषध व्युरो जनकपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा BR32AF9347  नं.को मो.सा.लाई रोकी चेकजाँच गर्दा मो.सा. चालक जि. सिरहा, सिरहा न.पा.१५ बस्ने नथुनी यादवको छोरा अं. वर्ष ३६ को श्याम सुन्दर यादवले लगाएको हेलमेट भित्र खैरो हिरोईन जस्तो देखिने पदार्थ १३.३९ ग्राम फेला परेको र सोही मो.सा. पछाडि सवार देश भारत जिल्ला मधुबनी थाना जयनगर कमलावारी टोल बस्ने अं. वर्ष ३२ को सुधिर कुमार ठाकुरको साथबाट नगद भा.रू. ३८,२२०/- र दुई थान मोबाईल फेला परेकोले उक्त ला.औ., नगद र मोबाईल सहित निजहरूलाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।४.    धनुषा, मिति २०८१/०१/१५ गते अं. २०:०० बजेको समयमा जि. धनुषा जनकपुर उ.म.न.पा.-४ मुरलीचोक स्थितमा प्रहरी चौकी हनुमाननगर धनुषा र लागु औषध व्युरो जनकपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ज. १० प. १२८९ नं.को मो.सा.लाई रोकी चेकजाँच गर्दा मो.सा. चालक जि. धनुषा जनकपुर उ.म.न.पा १ बस्ने रामबावु बैठाको छोरा अं. वर्ष २२ को अर्जुन बैठाको साथबाट खैरो हिरोईन जस्तो देखिने पदार्थ ६ ग्राम २८ मिलि ग्राम फेला परेको र सोही मो.सा. पछाडि सवार ऐ.ऐ. बस्ने अं.वर्ष २१ को ईन्द्रजीत भण्डारीको साथबाट नगद रू. ३,३५०/- र दुई थान मोबाईल फेला परेकोले उक्त ला.औ., नगद र मोबाईल सहित निजहरूलाई नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  ५.    सिरहा, मिति २०८१।०१।१५ गते अ. ११:०० बजेको समयमा जि. सिरहा गोलबजार न.पा.६ डोहटिया टोल बस्ने छबिलाल पासवानको छोरा अं. बर्ष १९ को सुरज पासवानले ऐ.ऐ. स्थितमा रहेको बाँसझाङमा ला.औ. कारोबार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. गोलबजारबाट खटिएको प्रहरी टोलीले (infinix मोबाइल थान १, jivi मोबाइल थान १) ला.औ. ब्राउन सुगर जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित ५३० मिली ग्राम, प्लाष्टिक बाहेक ४०० मिली ग्राम) फेला परेकोले निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई इ.प्र.का.गोलबजारमा ल्याइ थप अनुसन्धान कार्य भइरहेको ।

फरार प्रतिवादी पक्राउ
२०८१-०१-१६

१.    बारा, मिति २०८१/०१/१५ गते अं. ११:०० बजेको समयमा बैंकिङ कसु मुद्दामा २ महिना कैद र रु.९,७५,०००/- (नौ लाख पचहत्तर हजार) जरिवाना भएको फरार प्रतिवादि जिल्ला पर्सा बिरगंज म.न.पा.२१ परवानीपुर बस्ने राम पुकार महतो कुशवाहको छोरा अं.वर्ष ३५ को सन्तोष कुमार कुशवाहलाई इ.प्र.का. प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी इ.प्र.का. प्रसौनी बारामा ल्याईएको राखिएको ।  २.    धनुषा, मिति २०८१।०१।१५ गते अं. २०:१५ बजेको समयमा ज्यान मार्ने उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेका प्रतिवादी जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा.५ बस्ने श्याम किशोर साह सोनारको छोरा अं.बर्ष २५ को बिजय कुमार साहलाई इ.प्र.का.महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी इ.प्र.का. महेन्द्रनगरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।         

खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०१-१६

१.    बारा, मिति २०८१/०१/१५ गते अं. ०६:०० बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. २१ का. अगाडी इ.प्र.का. अम्लेखगंजबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.५.ख. ८२३७ नं.को डिब्बा ट्रकलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा बढी सामान रहेको र श्रोत समेत खुलाउन नसकेकोले खुद्रा सामान (सुकमेल, मिश्री, वाटर फिल्टर, फोटो फ्रेम, डिप फ्रिज आदि) रू.२९,८९,५८३/- (उनन्तिस लाख उनानब्बे हजार पाँच सय तिरासी रूपैयाँ) बराबरको खुद्रा सामान सहित डिब्बा ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी राजश्व  अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको । २.    बारा, मिति २०८१/१/१५ गते अं. ०५:३०.बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. २१ का. अगाडी इ.प्र.का. अम्लेखगंजबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना.५.ख. ७९२७ नं.को डिब्बा ट्रकलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा बढी सामान रहेको र श्रोत समेत खुलाउन नसकेकोले खुद्रा सामान (मोटर पार्ट, डबल बेड सिट, कपुर दाना, पेपर बक्स, लेडिज सुट आदि) रू.४७,७९,४३८/- (सत्चालिस लाख उनासी हजार चार सय अड्तिस रूपैयाँ) बराबरको खुद्रा सामान सहित डिब्बा ट्रक नियन्त्रणमा लिई राजश्व  अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-१४

१.    बारा, मिति२०८१/०१/१३ गते १६:४५ बजेको समयमा अस्थाई प्रहरी पोष्ट ईनर्वा बाराबाट खटिएको प्रहरी चेकिङ टोलीले जि. बारा जितपुरसिमरा उ.म.न.पा २४ हरपुरबाट ईनर्वासिरा तर्फ जाँदै गरेको साईकललाई रोकी चेकजाँच गर्दा साईकल पछाडी राखेको झोलामा ला.औ. गाँजा ५ कि.लो  फेला परेकोले उक्त ला.औ.गाँजा सहित साईकल चालक जि. बारा जितपुतसिमरा उ.म.न.पा. १९ बस्ने बर्ष ३३ को प्रयाग महतो नुनियालाई नियन्त्रणमा लिई ई.प्र.का. सिमरामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । पर्सा, मिति २०८१/०१/१४ गते ०९:४५ बजेको समयमा जि. पर्सा बि.म.न.पा. १६ रजतज्यन्ती चोक स्थित सडकमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले रक्सौलबाट बिरगंजतर्फ एक जना पुरुष शंकाष्पद अवस्थामा पैदल आईरहेको जि. बारा पचरौटा न.पा. ८ बाजोपट्टी टोल बस्ने लालबाबु यादवको छोरा वर्ष २२ को साहेब यादवलाई चेक जाँच गर्दा निजको साथबाट लागू औषध NITRAVET-10 लेखिएको काटिएको ७ पत्तामा जम्मा ३५ पिस ट्याब्लेट फेला परेकोले उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको व.प्र.का. बिर्तामा पठाईएको ।