हतियार सहित मानिस पक्राउ
२०८०-१२-१५
- A
- A-
- A+
१.
सिरहा, मिति २०८०/१२/१४ गते
अं. १६:०० बजेको समयमा जि. सिरहा सिरहा न.पा. २ यादव टोल स्थितमा ऐ.ऐ. बस्ने वर्ष
४९ को बिजय यादव र निजकै छोरा वर्ष १९ को राजा यादव बिच घरायसी वादविवाद भई झै-झगडा
भईरहेको छ भन्ने खबर प्राप्त हुना साथ जि.प्र.का. सिरहाबाट प्रहरी टोली खटि गई
झै-झगडा गर्ने निज दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का. सिरहामा ल्याई सोधपुछ
गर्दा निज राजा यादवले मेरो बुवा बिजय यादवले आफु सुत्ने कोठामा कटुवा पेस्तोल
लुकाई छिपाई राखेको छ भनी जानकारी गराउँदा निजहरूलाई साथमा लिई निजको घर वतनमा पुगी
निज बिजय यादव सुत्ने कोठामा चेक जाचँ गर्दा कोठा भित्र रहेको पर्खालको र्याकबाट
कटुवा पेस्तोल थान १ (राउण्ड नभएको) फेला पारी बरामद गरी जि.प्र.का. सिरहामा ल्याई
थप अनुसन्धान कार्य भईरहेको ।