श्रोत नखुलेको नगद सहित मानिस पक्राउ
२०८०-१२-१९
- A
- A-
- A+
१.
सर्लाही, मिति २०८०/१२/१८
गते १५:३० बजेको समयमा गोप्य सुचनाको आधारमा जि.प्र.का. सर्लाहीबाट खटिएको प्रहरी
टोली जि. सर्लाही मलंगवा न.पा. ९ स्थित सडक खण्डमा पुग्दा ऐ. न.पा. ३ बस्ने अलि
हुसेनको छोरा बर्ष २४ को कमर राजालाई शंकास्पद अवस्थामा कालो रंङको झोला बोकी पैदल
आईरहेको अवस्थामा रोकी चेक जाँच गर्दा निजले बोकेको कालो रङको झोला भित्रबाट नगद
ने. रु.१,०००।–दरको नोट एक हजार थान गरि जम्मा ने. रु.१०,००,०००/- (दश लाख) फेला
परेकोले उक्त रकम कहाँबाट ल्याएको भनि निजलाई सोधपुछ गर्दा निजले ऐ. न.पा. ३ बस्ने
बर्ष ४० को आरिफ अंसारीले संचालन गरेको फोन सिटी मोबाईल पसलबाट ल्याएको भनि
बताएकोले निज कमर राजालाई उक्त नगद सहित नियन्त्रणमा लिई निजलाई साथमा लगि ऐ. वडा
नं. ९ स्थित आरिफ अंसारीले सञ्चालन गरेको फोन सिटी मोबाईल पसलमा खानतलासी गर्दा
पसल भित्र रहेको र्याकको तल खैरो रङको कपडाको झोला भित्र कालो प्लाष्टिक भित्र
लुकाई छिपाई राखेको ने. रु. १,०००/- दरको नोट १४५४ (एक हजार चार सय चौवन) थानमा
जम्मा ने. रु.१४,५४,०००/- (चौध लाख चौवन हजार रुपैयाँ), ने.रु. ५००/- दरको नोट
६२२( छ सय बाईस) थानमा जम्मा ने.रु.३,११,०००/- (तीन लाख एघार हजार रुपैयाँ), ने. रु.
१००/- दरको नोट १०९ (एक सय नौ) थानमा जम्मा ने. रु. १०,९००/- (दश हजार नौ सय
रुपैयाँ), ने. रु. ५०/- दरको नोट १ थान, ने. रु. २०/- दरको नोट १ थान गरि ने. रु. १७,७५,९७०/-
(सत्र लाख पचहत्तर हजार नौ सय सत्तरी रुपैयाँ) गरि कूल जम्मा ने. रु.२७,७५,९७०/- (सत्ताईस
लाख पचहत्तर हजार नौ सय सत्तरी रुपैयाँ) फेला परेको निज पसल सञ्चालक आरिफ अंसारी
ऐ. लालबन्दी न.पा. ७ स्थित रहेको निजले संचालन गरेको फोन सिटी मोबाईल पसलमा रहेको
भनि सूचना प्राप्त हुना साथ निज आरिफ अंसारीलाई सोहि स्थानबाट नियन्त्रणमा लिई बरामद
रकमको बारेमा सोधपुछ गर्दा बरामद रकमको श्रोत खुलाउन नसकेकोले उक्त बरामद रकम हुण्डी
कारोबारमा प्रयोग हुने रकम हुन सक्ने भएकोले निज कमर राजा र आरिफ अंसारी समेतलाई
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको
।