बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रक नियन्त्रणमा
२०८१-०१-०३
- A
- A-
- A+
१.
पर्सा, मिति २०८१।०१।०२ गते २२:१० बजे राती बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु
बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा
जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघरचोक स्थित सडकखण्डमा ना.३ ख
५१६५ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी औषधी तथा खुद्रा
सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.५८,४६,२४१।– (
अन्ठाउन्न लाख छयालीस हजार दुई सय एकचालीस ) बराबरको औषधी तथा खुद्रा सामानहरु नियन्त्रणमा
लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा
बुझाइएको ।