कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०१-०३
- A
- A-
- A+
१.
रौतहट, प्रहरी प्रतिवेदनले
वादी नेपाल सरकार प्रतिवादी जिल्ला रौतहट साविक गा. वि. स. करूनिया वडा नं. ३ हाल
परिवर्तित ऐ. देवाही गोनाही नगरपालिका वडा नं.१ बस्ने शेख अब्दुलाहको छोरा अं.
वर्ष ५२ को शेख नुरुल्लाह समेत भएको मिति २०८०/०२/११ गते राती अं.१२:३० बजेको
समयमा जिल्ला रौतहट देवाही गोनाही नगरपालिका वडा नं.१ करूनिया स्थित सडकमा ऐ. ऐ.
बस्ने वर्ष ७८ को शेख तैयबलाई गोली हानी मारेको (हाल सम्मानित रौतहट जिल्ला
अदालतमा विचाराधिन अवस्थामा रहेको) ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा
अनुसन्धानको क्रममा वारदात घटना पश्चात फरार भई लुकिछिपी बसेका निज फरार प्रतिवादी
शेख नुरुल्लाह भारतीय सिमानासँग जोडिएको सिमावर्ति गाउँ जिल्ला रौतहट राजदेवी
नगरपालिका वडा नं. ८ बेलबिछुवा बजारमा लुकिछिपी बसेको भन्ने प्राप्त सूचनाको
आधारमा ई.प्र.का.गरुडाबाट खटिएको प्रहरी टोलीले मिति २०८१/०१/०२ गते बिहान
अं.०२;०० बजेको समयमा निज प्रतिवादी शेख नुरुल्लाहलाई लुकिछिपी हिडडुल गरिरहेको
अवस्थामा फेला पारी सम्पुर्ण कानुनी प्रकृया पुरा गरी पक्राउ गरी जिल्ला प्रहरी
कार्यालय रौतहटमा पठाएको ।