प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रणमा

२०८१-०१-०६

  • A
  • A-
  • A+
Share


१.      धनुषा, मिति २०८१/०१/०५ गते अं.१५:४० बजेको समयमा जि.प्र.का.धनुषाको च.नं.९२५० र इ.प्र.का.केशरगंज,सर्लाहीको च.नं.१९६३ आदेशानुसार बहुविवाह सम्बन्धि मुद्दाका फरार प्रतिवादी जिल्ला सर्लाही ईश्वरपुर न.पा.१३ बस्ने बद्रि महतोको छोरा अं.वर्ष ३२ को बिरेन्द्र महतोलाई प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरी टोलिले खो.त.गर्दै जाने क्रममा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-७ माछाबजार बाट फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.केशरगंज,सर्लाहीबाट खटि आएको टोलिको जिम्मा लगाई पठाईएको ।

२.      धनुषा, मिति २०८१/०१/०५ गते अं.१०:५० बजेको समयमा अभद्र ब्यवहार सम्बन्धि चालु मुद्दाका फरार प्रतिवादी जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-१४ मुजेलिया बस्ने हरि राउतको छोरा अं.वर्ष ३५ को सुरेन्द्र राउतलाई व.प्र.का.मुजेलियाबाट खटिएको प्रहरी टोलिले खो.त.गर्दै जाने क्रममा ऐ.ऐ.९ संकटमोचन मन्दिर स्थितबाट फेला पारि नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.धनुषामा पठाईएको ।

३.      सिरहा, मिति २०८१।१।०५ गते अं.०६:३० बजेको समयमा जिल्ला सिरहा गोलबजार न.पा.४ शिव मन्दिर स्थितमा इ.प्र.का.गोलबजार सिरहा,बाट खटिएको टोलीले जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरको च.नं. १६३२४ मिति २०८०।१२।२८ गतेको पत्र आदेशाअनुसार ठगी सम्बन्धी कसुर मुद्दामा वारदात पश्चात भागि फरार रहेका प्रतिबादी जिल्ला सर्लाही मलंगवा नगरपालिका वडा नं.१० स्थायी वतन भई हाल जिल्ला ललितपुर वडा नं.१४ ताल्छिखेल बसी तत्काल जिल्ला सिरहा गोलबजार न.पा.४ शिव मंदिर स्थितमा डेरा लिई बस्दै आएको सुकदेव महतोको छोरा अं.बर्ष ४५ को बिकेश महतोलाई पक्राउ गरी इ.प्र.का.गोलबजार सिरहामा ल्याई  फरार प्रतिवादी बिकेश महतोलाई जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाएको । 

सम्बन्धित समाचार
लागु औषध गाँजा सहित ट्रक नियन्त्रणमा लिएको
२०८१-०१-१८

१.     बारा, मिति २०८१।०१।१७ गते अ. २२:३० बजेको समयमा जि. बारा निजगढ न.पा. १० स्थित लालपार्क स्थलमा बिशेष सुचनाको आधारमा इ.प्र.का. निजगढ र अ.प्र.पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले रतनपुर देखि निजगढ तर्फ आउँदै गरेको ना. ५ ख. ७५५२ नं.को ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा ला.औ. गाँजा २१६ के.जी. फेला परेकोले उक्त ला.औ., ट्रक र ट्रक चालक जि. बारा जितपुरसिमरा उ.म.न.पा. २ बस्ने बर्ष ३२ को आकाश लामा र जि. मकवानपुर हेटौंडा उ.म.न.पा. १३ पदम पोखरी बस्ने बर्ष ३० को जिबन घलानलाई नियन्त्रणमा लिई इ.प्र.का. निजगढ बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

नक्कली नोट सहित मानिस पक्राउ
२०८१-०१-१८

१.     पर्सा, मिति २०८१/०१/१७ गते अं. २०:०० बजेको समयमा जि.पर्सा बि.म.न.पा. ९ घण्टाघर स्थित सडकमा व.प्र.का. विर्ता पर्साबाट खटिएको प्रहरी टोलीले नेपाल भारत आवत जावत गर्ने सवारी साधन तथा मानिसहरुलाई चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ १ जना पुरुष र १ जना महिला शंकास्पद अवस्थामा पैदल आईरहेकोमा निजहरुलाई रोकी नाम, थर, वतन सोधपुछ गर्दा निजहरुले आफ्नो नाम, थर, वतन क्रमश: देश भारत जिल्ला पश्चिमी चम्पारण बेतिया भावल पंचायत वडा नं. ४ बस्ने रहिम मियाँको छोरा वर्ष ३० को क्यामुदिन मियाँ र जिल्ला बारा प्रसौनी गा.पा. २ बस्ने आलम अन्सारीको श्रीमती वर्ष ४० की हलिमा खातुन बताएकोमा निजहरुको शरीर खानतलासी गर्दा निजहरुको साथमा नेपाली रु. १०००/- दरका नक्कली नोट थान १२३ (पुरुषबाट थान १ र महिलाबाट थान १२२) गरी जम्मा रु.१,२३,०००/- (एक लाख तेईस हजार) फेला परेकोले उक्त नक्कली नोट सहित निजहरुलाई पक्राउ गरी व.प्र.का. विर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको
२०८१-०१-१७

बारा, मिति २०८१।०१।१६ गते अं. २३:५५ बजेको समयमा जिल्ला बारा सिम्रौनगढ न.पा. १ स्थित नमसगरा ढाट टोल बस्ने चुलाही मुखिया विनको छोरा अं. वर्ष ५५ को प्रमा मुखिया विनको घरमा अवैध लागु औषध  गाँजा राखेको भनि गोप्य सुचनाको आधारमा इ.प्र.का. सिम्रौनगढ बारा र स. प्र. बल प्रस्तावित सिमा सुरक्षा गुल्म पिपरपातीबाट संयुक्त रुपमा खटिएको टोलीले घर खानतलासी गर्ने क्रममा गहुँको भुसमा लुकाई छिपाई राखेको रातो प्लाष्टिकले बेरिएको अवस्थामा अबैध लागु औषध गाँजा ३ के.जी.  फेला परेकोले उक्त लागु औषध गाँजा सहित भुस राखेको घरधनी जिल्ला बारा सिम्रौनगढ न.पा. १ नमसगरा ढाट बस्ने अं. वर्ष ५५ को प्रमा मुखिया विनलाई नियन्त्रणमा लिई इ.प्र.का. सिम्रौनगढ बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।