प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादि पक्राउ

२०८१-०१-०७

  • A
  • A-
  • A+
Share


१.      सिरहा, मिति २०८१।०१।०६ गते अं. १०:१० बजेको समयमा जिल्ला सिराहा भगवानपुर गा.पा. २ नरहा रिगोल स्थित अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहाबाट खटिएको प्रहरी गस्ति टोलिले सम्मानित जिल्ला अदालत सिरहाको लागत नं.१७७१ ,फैसला मिति २०५७।०९।१९ गतेको, जरिबाना रु.५००।-, कुटपिट मुद्दाका फरार प्रतिबादि ऐ.ऐ. बस्ने श्री पाण्डब यादबको छोरा अं. बर्ष ४५ को जामुन यादबलाई निजको घरबाट पक्राउ गरी  सम्मानित जिल्ला अदालत सिरहामा लागत कट्टा गर्नको लागि पठाईएको ।

२.      सिरहा, मिति २०८१।०१।०६ गते अं. १७:०० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. १७ स्थित इ.प्र.का.माडर सिरहाबाट खटिएको गस्ति टोलिले सम्मानित जिल्ला अदालत सिरहाको लागत नं.३३५१, जरिबाना रु.२२००।-, कैद १ बर्ष  भएको कुटपिट मुद्दाका फरार प्रतिबादि ऐ.ऐ. बस्ने झोली बनरैतको छोरा अं.बर्ष ४८ को बिष्णु देव बनरैतलाई निजको घरबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का. सिरहामा बुझाएको ।

३.      सिरहा, मिति २०८१।०१।०६ गते अं.१५:०० बजेको समयमा जिल्ला सिरहा मिर्चैया न.पा.६ जिबा टोल स्थितमा इ.प्र.का.मिर्चैया सिरहा बाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सिरहा जिल्ला अदालतको फैसला मिति २०७७।०८।०९ गतेको लागत नं.७०२३ सवारी ज्यान मुद्दामा २० दिन कैद र रु.२००० ।- जरीवाना तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा मिर्चैया न.पा.६ बस्ने धैर्यनारायण झा को छोरा अं.बर्ष ५५ को अशोक कुमार झा लाई निजकै गाँउ घरबाट फेलापारी नियन्त्रणमा निई इ.प्र.का.मिर्चैया सिरहामा ल्याई राखिएको ।

४.      सिरहा, मिति २०८१।०१।०६ गते अं.१५;१० बजेको समयमा जिल्ला सिरहा मिर्चैया न.पा.५ पुरानो बाजार  स्थितमा इ.प्र.का.मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सिरहा जिल्ला अदालतको फैसला मिति २०७९।०९।२१ गतेको लागत नं.७५९९ अभद्र व्यावहार मुद्दामा १ महिना कैद र रु.१००० ।- जरीवाना तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा मिर्चैया न.पा.५ पुरानो बजार बस्ने तसलिम हुसेनको छोरा अं.बर्ष २३ को फैशन हुसेनलाई निजकै गाँउ घरबाट फेलापारी नियन्त्रणमा लिई इ.प्र.का.मिर्चैयामा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-२०

१.      रौतहट, मिति २०८१।०१।१९ गते अं. १७:०० बजेको समयमा जि. रौतहट गौर न.पा. १ भन्सार स्थित भन्सा सुरक्षा गार्ड रौतहटबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको जि. चितवन भरतपुर म.न.पा. ३ बस्ने पदम बहादुर दमाईको छोरा अं. बर्ष ३१ को सुरेन्द्र परियारलाई चेकजाँच गर्दा निजको साथबाट लागु औषध फेनरागन- २ एम्पुल, नाम नखुलेको ला.औ.- ४ पिस र सुई - १ थान फेला परेकोले निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई जि.प्र.का. रौतहटमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      धनुषा, मिति २०८१/०१/१९ गते अं. २१:०० बजेको समयमा जि. धनुषा मुखियापट्टी मुसहरनिया गा.पा. ६ बैरियामा लागु औषध (गाँजा) राखिएको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. फुलगामा धनुषाबाट खटिएको प्रहरी टोलीले  ऐ.ऐ. बस्ने सर्जुग यादवको छोरा अं. वर्ष २५ को ललित यादवको गोठको पछाडी लागु औषध (गाँजा) ५० के.जी. फेला पारी नियन्त्रणमा लिई इ.प्र.का. फुलगामामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ३.      सप्तरी, मिति २०८१।०१।१९ गते अं. १६:०० बजेको समयमा जि.सप्तरी राजबिराज न.पा. ४ छिन्नमस्ता अस्पताल अगाडी जि.प्र.का. सप्तरीबाट खटिएको प्रहरी चेकिङ टोलिले बिभिन्न सवारी साधनहरू चेकजाँच गर्ने क्रममा जि.सप्तरी हनुमाननगर कंकालिनी न.पा. १४ बस्ने सत्य नारायण यादवको छोरा अं. वर्ष ३५ को बिनोद कुमार यादव, जि. सप्तरी तिलाठी कोईलाडी गा.पा. २ लौनिया बस्ने इस्लाम मिँयाको छोरा अं. वर्ष २६ को मो. नसुरुदि मन्सुरी, ऐ. बस्ने बाबु नारायण मण्डलको छोरा अं. वर्ष १९ को कुन्दन कुमार मण्डल, ऐ. बस्ने समित मिँया मन्सुरीको छोरा अं. वर्ष २५ को मो. सम्साद मन्सुरी र ऐ. बस्ने लाल देव रामको छोरा अं. वर्ष २२ को मिथलेश कुमार रामको साथबाट DIAZEPAM 500 एम्पुल, LEZESIL 500 एम्पुल र PHENARGAN 500 एम्पुल लागु औषध फेला परेकोले उक्त ला.औ.,  स. २ प. ८६८२, म.प्र.०६-००१ प ०५०८ र प्र.२-०१-००३ प ४४१७ नं को ३ वटा मो.सा. सहित निजहरुलाई नियन्त्रणमा लिई जि.प्र.का. सप्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ४.      महोत्तरी, मिति २०८१।०१।२० गते अं. ११:०० बजेको समयमा जि. महोत्तरी पिपरा गा.पा. ७ स्थित इ.प्र.का. सहोडवा महोत्तरीबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा मटिहानीबाट जनकपुर तर्फ जाँदै गरेको ज. १ ह. २७३४ नम्बरको ट्याम्पुलाई चेकजाँच गर्दा ट्याम्पु चालक जि. महोत्तरी मटिहानी न.पा. ४ बस्ने बेचन रामको छोरा अं. वर्ष १७ को अनिल राम र भारत मधुवनी जिल्ला रामपुर बिरिज बस्ने महमद मोक्तारको छोरा अं. वर्ष ३० को महमद गुल्जार उर्फको साथमा रहेको फेनारगन  (Phenergan)    ४८९ पम्पुले, ट्यालगेसिस  (Talgesic) ४९१ पिस, डाईजेपाम  (Diazepam) ४८८ एम्पुल लागु औषध फेला परेकोले उक्त ला.औ. सहित ट्याम्पु र निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

नक्कली नोट सहित मानिस पक्राउ
२०८१-०१-१८

१.     पर्सा, मिति २०८१/०१/१७ गते अं. २०:०० बजेको समयमा जि.पर्सा बि.म.न.पा. ९ घण्टाघर स्थित सडकमा व.प्र.का. विर्ता पर्साबाट खटिएको प्रहरी टोलीले नेपाल भारत आवत जावत गर्ने सवारी साधन तथा मानिसहरुलाई चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ १ जना पुरुष र १ जना महिला शंकास्पद अवस्थामा पैदल आईरहेकोमा निजहरुलाई रोकी नाम, थर, वतन सोधपुछ गर्दा निजहरुले आफ्नो नाम, थर, वतन क्रमश: देश भारत जिल्ला पश्चिमी चम्पारण बेतिया भावल पंचायत वडा नं. ४ बस्ने रहिम मियाँको छोरा वर्ष ३० को क्यामुदिन मियाँ र जिल्ला बारा प्रसौनी गा.पा. २ बस्ने आलम अन्सारीको श्रीमती वर्ष ४० की हलिमा खातुन बताएकोमा निजहरुको शरीर खानतलासी गर्दा निजहरुको साथमा नेपाली रु. १०००/- दरका नक्कली नोट थान १२३ (पुरुषबाट थान १ र महिलाबाट थान १२२) गरी जम्मा रु.१,२३,०००/- (एक लाख तेईस हजार) फेला परेकोले उक्त नक्कली नोट सहित निजहरुलाई पक्राउ गरी व.प्र.का. विर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध गाँजा सहित ट्रक नियन्त्रणमा लिएको
२०८१-०१-१८

१.     बारा, मिति २०८१।०१।१७ गते अ. २२:३० बजेको समयमा जि. बारा निजगढ न.पा. १० स्थित लालपार्क स्थलमा बिशेष सुचनाको आधारमा इ.प्र.का. निजगढ र अ.प्र.पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले रतनपुर देखि निजगढ तर्फ आउँदै गरेको ना. ५ ख. ७५५२ नं.को ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा ला.औ. गाँजा २१६ के.जी. फेला परेकोले उक्त ला.औ., ट्रक र ट्रक चालक जि. बारा जितपुरसिमरा उ.म.न.पा. २ बस्ने बर्ष ३२ को आकाश लामा र जि. मकवानपुर हेटौंडा उ.म.न.पा. १३ पदम पोखरी बस्ने बर्ष ३० को जिबन घलानलाई नियन्त्रणमा लिई इ.प्र.का. निजगढ बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।