प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रणमा

२०८१-०१-१४

  • A
  • A-
  • A+
Share

१.    रौतहट, मिति २०८१/०१/१३ गते १५:४५ बजेको समयमा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी जिल्ला रौतहट गरुडा न.पा. ४ बस्ने परिक्षन साह सोनारको छोरा लक्ष्मी साह सोनारलाई ऐ.ऐ. स्थित गरुडा बजारमा घुमफिर गरिरहेको अवस्थामा इ.प्र.का. गरुडा रौतहटबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिइ आवश्यक कारवाहिको लागि सम्मानित रौतहट जिल्ला अदालतमा पेश गरिएको ।

सम्बन्धित समाचार
खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०१-२४

१.      बारा, मिति २०८१/१/२४ गते अ. ०६:३०.बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा. २१ स्थितमा इ.प्र.का. अम्लेखगंज र जि.प्र.का.बाराबाट खटिएको संयुक्त चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको ना.५.ख. ७९२७ न.को डिब्बा ट्रकलाई रोकी चेक जाँच गर्दा बिलबिजक भन्दा सामान फरक रहेको (खुद्रा सामान लेडिज सुट, धागो, जरी दाना, प्रिन्ट कपडा, माला लकेट) रू. ६६,९०,४२९/- (छैसठ्ठि लाख नब्बे हजार चार सय उनन्तिस रूपैयाँ) बराबरको खुद्रा सामान सहित डिब्बा ट्रकलाई नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको । २.      बारा, मिति २०८१/१/२४ गते अ. ०९:३०.बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२१ स्थितमा इ.प्र.का. अम्लेखगंज र जि.प्र.का.बाराबाट खटिएको संयुक्त चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट हेटौंडा तर्फ जाँदै गरेको ना.८ख. २७१९ नं.को मिनि ट्रकलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा सामान फरक रहेको (खुद्रा सामान लेडिज मोबिल, चपरा, बेड सिट कपडा, स्टेशनरी, बेकरी आईटम, हार्डवेयर) रू. ७९,८९,३३९/- (उनासी लाख उनानब्बे हजार तिन सय उनन्चालिस रूपैयाँ) बराबरको खुद्रा सामान सहित मिनि ट्रकलाई नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको । 

लागु औषध गाँजा सहित कार नियन्त्रणमा
२०८१-०१-२४

१.      महोत्तरी, मिति २०८१/०१/२४ गते बिहान अं. ०३:४५ बजेको समयमा जिल्ला महोत्तरी औरही न. पा. ९ स्थित बर्दिबास जलेश्चर सडक खण्डको टिमकिया भन्ने स्थानमा बर्दिवासबाट रामगोपालपुर तर्फ जाँदै गरेको MH 43 AB 0566  नं. FIAT कम्पनीको कारलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको विशेष प्रहरी टोलि र इ.प्र.का. बर्दिवासबाट समेत खटिएको प्रहरी गस्ती टोलिले बर्दिबास चोकमा चेक जाँच गर्ने क्रममा उक्त कार नरोकि औरही तर्फ भागेकोमा  ऐ. गस्ती टोलीले पिछा गर्दै जाँदा टिमकिया स्थित बाटोमै रोकी चालक फरार रहेकोमा कारलाई चेकजाँच गर्ने क्रममा कारको डिक्की र पछाडी पट्टीको सिट खोली हेर्दा लागु औषध गाँजा १० पोका अं. ५० (पचास) किलो फेला परेकोले ला.औ. सहित उक्त कार नियन्त्रणमा लिई फरार रहेका चालक भारत बिहार जिल्ला सितामढी ग्राम पुनौरा टोल वडा नं. ३ बस्ने रामजान अंसारीको छोरा अ. बर्ष ४५ को सैयद अंसारीलाई खोजतलास गर्दै जाने क्रममा घट्नास्थल वरपर घुमफिर गरिरहेको अवस्थामा नियन्त्रणमा लिई इ.प्र.का. रामगोपालपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-२३

१.      पर्सा, मिति २०८१/०१/२२ गते अं. ११:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. २१ हनुमान चोक स्थितमा प्र.चौ. परवानीपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले नारायणगढ चितवनबाट बिरगंज तर्फ आउँदै गरेको बा. ४ ख. ५९३७ नम्बरको बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार जि. मकवानपुर राकसीरांङ गा.पा. २ ठुमको टोल बस्ने अं. बर्ष ४२ को ईन्द्र कुमारी चेपाङ र ऐ.ऐ. बस्ने अं. बर्ष ३६ को फुलमाया स्याङबोले बोकेको ब्याग चेकजाँच गर्दा उक्त ब्यागमा २ पोका अं.१० किलो लागु औषध गाँजा फेला परेकोले उक्त लागु औषध सहित निजहरु दुवैजनालाई नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

चाँदी जस्तो देखिने धातु सहित मानिस नियन्त्रणमा
२०८१-०१-२३

१.      पर्सा, मिति २०८१/०१/२२ गते अं. १३:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ रजतजयन्ती चोक स्थितमा प्र.चौ. ईनर्वा र लागु औषध नियन्त्रण ब्युरो शाखा बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ पैदल आउँदै गरेको जिल्ला बारा फेटा गा.पा. ३ बस्ने बिरेन्द्र सोनारको छोरा वर्ष २३ को रोशन सोनारको शरीर चेक जाँच गर्दा निजले रातो सेतो गम्छामा शरिरको कम्मरको भागमा बेरी लुकाई छिपाई राखेको अवस्थामा सेतो चाँदी जस्तो देखिने धातुको बिभिन्न गरगहनाहरु खोल सहित २ के.जी. १७३ ग्राम र खोल बाहेक २ के.जी. फेला परेकोले उक्त गरगहना सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  

खुद्रा सामान सहित ट्र्क नियन्त्रणमा
२०८१-०१-२३

१.      बारा, मिति २०८१/०१/२२ गते अ. ०९:३० बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. ०१ स्थित पथलैया चोकमा प्र.चौ. पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोली र तालुज जि.प्र.का. बारा बाट खटिएको सुचना संकलनको संयुक्त टोलीले बिरगंजबाट काठमाडौं तर्फ खुद्रा सामान लिएर जाँदै गरेको ना ६ ख ८०३२ नम्बरको ट्र्कलाई बिशेष सुचनाको आधारमा चेक जाँच गर्दा बिल बिजक भन्दा सामान बढी रहको र स्रोत समेत खुलाउन नसकेकोले अं. मुल्य रु. ४८,४९,२१६/- (अड्चालिस लाख उनन्पचास हजार दुइ सय सोह्र रुपैयाँ) बराबरको  खुद्रा सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको ।