प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रण

२०८१-०१-२४

  • A
  • A-
  • A+
Share


१.      रौतहट, मिति २०८१।०१।२३ गते अं. १६:०० बजेको समयमा चोरी सम्बन्धी कसुर मुद्धामा ११ महिना ८ दिन कैद र रु. १०,०००/- (दश हजार) जरिवाना भएको फरार प्रतिवादी जिल्ला रौतहट साबिक गुजरा न.पा.६ जंगलसैया बस्ने शेख कमालुदिनलाई इ.प्र.का. लक्ष्मिनिया, रौतहटबाट खटिएको प्रहरी टोलीले निजकै गाँउ घर वडा एरियाबाट नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि सम्मानित जिल्ला अदालत गौर, रौतहट पठाईएको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस पक्राउ
२०८१-०२-०२

१.      सिरहा, मिति २०८१।०२।०१ गते अ. १७:४५ बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. १७ खैरटोका माडर स्थित इ.प्र.का. माडर सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको ज.२ प. ७१४४ नं.को मो.सा. चालक जिल्ला सिरहा गोलबजार न.पा. ४ बस्ने बिरेन्द्र साहको छोरा अं. बर्ष २६ को आशिष साह र मो.सा.पछाडी सवार ऐ. न.पा. १२ बस्ने विनोद मण्डललाई शंका लागि चेक जाँच गर्दा मो.सा.चालक आशिष साहले मुखमा लगाएको माक्स भित्र लुकाई छिपाई राखिएको ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहितको वजन अं.९ ग्राम ८६ मिलि ग्राम, प्लास्टिक वाहेकको वजन (६.२४० ग्राम) फेला परेकोले उक्त ला.औ. सहित निज दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का. माडर सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      धनुषा, मिति २०८१/०२/०२ गते अं. ११:०० बजेको समयमा जिल्ला धनुषा नगराईन न.पा. २ स्थित इ.प्र.का. लगमा जटही धनुषा अगाडि रहेको चेक पोष्टमा  खटिएको प्रहरी चेकिङ्ग टोलीले  चेक जाँच गर्ने क्रममा जि. धनुषा जनकपुर उ.म.न.पा. ७ बस्ने योगेन्द्र साहको छोरा अं. वर्ष ३६ को श्रवण कुमार साहको हातमा कालो प्लाष्टिकमा पोको पारी  १० लेखिएको सेतो खुल्ला ट्याब्लेट ४८ पिस (नाइट्रोभेट) र spm-PRx+ (स्पामो प्रोक्सिन) लेखिएको निलो खुल्ला ट्याब्लेट ६० पिस फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

फरार प्रतिबादी नियन्त्रणमा
२०८१-०२-०२

१.      बारा, मिति २०८१।०२।०१ गते अं. १४:४५ बजेको समयमा सवारी ज्यान सम्बन्धी कसुर मुद्दामा रू.२,०००/- जरिवाना भएका जिल्ला बारा निजगढ न.पा. ७ बस्ने अं. बर्ष ५७ को भिम कुमार पुडासैनिलाई इ.प्र.का. निजगढ बाराबाट खटिएको प्रहरी टोलीले निजगढ न.पा. ७ सहिद चोकबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत बारामा पठाईएको । रौतहट, मिति २०८१।०२।०१ गते अं. १४:३० बजेको समयमा जालसाजी कसुर मुद्दामा रु. ५६,४१६/६६/- (छपन्न हजार चार सय सोह्र रुपैयाँ छैसठी पैसा) जरिवाना भएको फरार प्रतिवादी जिल्ला रौतहट फतुवा बिजयपुर न. पा. ५ सन्तपुर बस्ने रामचन्द्र राय यादवको छोरा रुप नारायन राय यादवलाई इ.प्र.का. लक्ष्मिनिया रौतहटबाट खटिएको प्रहरी टोलीले ऐ. न.पा. ९ वडा एरियाबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत गौर रौतहट पठाईएको ।

लागु औंषध सहित मोटरसाईकल नियन्त्रणमा
२०८१-०२-०२

सर्लाही, मिति २०८१।०२।०१ गते अं.०९:५० बजेको समयमा जि.सर्लाही लालबन्दी न.पा. ३ जब्दी स्थित भित्री सडक खण्डमा इ.प्र.का. लालबन्दी सर्लाहीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा जब्दीबाट रामपुर तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००३ प ०७२३ नं.को २२० पल्सर मो.सा. रोक्ने क्रममा भागेर गएकोले मो.सा.लाई पछ्याउने क्रममा जि. सर्लाही ईश्वरपुर न.पा. ८ रामपुर स्थितमा मो.सा. छोडी चालक भागेकोले मो.सा.मा रहेको खैरो रङको झोला खोली चेक जाँच गर्दा सो झोला भित्र लुकाई छिपाई ल्याएको अवैध ला.औं. गाँजा ५ के.जी. फेला परेकोले उक्त ला.औं. र मो.सा. नियन्त्रणमा लिई आवश्यक कारवाहीको इ.प्र.का. लालबन्दीमा ल्याई राखिएको साथै फरार मो.सा.चालकको खोजतलास कार्य भईरहेको ।