फरार प्रतिबादी नियन्त्रणमा
२०८१-०२-०२
- A
- A-
- A+
१.
बारा, मिति २०८१।०२।०१ गते
अं. १४:४५ बजेको समयमा सवारी ज्यान सम्बन्धी कसुर मुद्दामा रू.२,०००/- जरिवाना
भएका जिल्ला बारा निजगढ न.पा. ७ बस्ने अं. बर्ष ५७ को भिम कुमार पुडासैनिलाई इ.प्र.का.
निजगढ बाराबाट खटिएको प्रहरी टोलीले निजगढ न.पा. ७ सहिद चोकबाट पक्राउ गरी सम्मानित
जिल्ला अदालत बारामा पठाईएको ।
रौतहट, मिति २०८१।०२।०१ गते
अं. १४:३० बजेको समयमा जालसाजी कसुर मुद्दामा रु. ५६,४१६/६६/- (छपन्न हजार चार सय
सोह्र रुपैयाँ छैसठी पैसा) जरिवाना भएको फरार प्रतिवादी जिल्ला रौतहट फतुवा
बिजयपुर न. पा. ५ सन्तपुर बस्ने रामचन्द्र राय यादवको छोरा रुप नारायन राय यादवलाई
इ.प्र.का. लक्ष्मिनिया रौतहटबाट खटिएको प्रहरी टोलीले ऐ. न.पा. ९ वडा एरियाबाट
नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत गौर रौतहट पठाईएको ।