लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०२-०३
- A
- A-
- A+
१.
बारा, मिति २०८१/०२/०३ गते
अ. ०५:३० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा. २१ स्थित इ.प्र.का. अमलेखगंजबाट
खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा बनेपाबाट पर्सा ठोरी तर्फ आउँदै
गरेको ना.७ ख. ७१३२ नं.को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा बसमा सवार जिल्ला
मकवानपुर हेटौंडा उ.म.न.पा. १९ बस्ने राम लाल बैजुको छोरा अ. बर्ष ३१ को दिपक
बैजुले बोकेको कालो झोलामा अ. ५ किलो ४०० ग्राम ला.औ. गाँजा फेला परेकोले निजलाई
उक्त ला.औ. सहित नियन्त्रणमा लिई इ.प्र.का. अमलेखगंजमा ल्याई थप अनुसन्धान कार्य
भईरहेको ।