लागू औषध नियन्त्रणमा
२०८१-०२-०१
- A
- A-
- A+
१.
धनुषा, मिति २०८१/०२/०१ गते
अं. ०२:१५ बजेको समयमा जिल्ला धनुषा मुखियापट्टी मुसहरनिया गा.पा. ५ लक्ष्मीपुर
स्थित खाली चौरमा ला.औ गाँजा छ भन्ने विशेष सुचनाको आधारमा जि.प्र.का. धनुषा,
इ.प्र.का. फुलगामा, धनुषा र प्रहरी चौकी बहेडाबेलाबाट समेत खटिएको संयुक्त टोलीले ऐ.स्थानमा
पुगी हेर्दा ५ (पाँच) पोका लागु औषध गाँजा बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा
लिई आवश्यक कारबाहीको लागि जि.प्र.का. धनुषामा ल्याई तौल गर्दा अं.१०० के.जी.
रहेको उक्त ला.औ. गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको ।