खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०१-२४
- A
- A-
- A+
१.
बारा, मिति २०८१/१/२४ गते अ. ०६:३०.बजेको समयमा जिल्ला बारा जितपुरसिमरा
उ.म.न.पा. २१ स्थितमा इ.प्र.का. अम्लेखगंज र जि.प्र.का.बाराबाट खटिएको संयुक्त चेकिङ
टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको ना.५.ख. ७९२७
न.को डिब्बा ट्रकलाई रोकी चेक जाँच गर्दा बिलबिजक भन्दा सामान फरक रहेको (खुद्रा सामान लेडिज सुट, धागो, जरी
दाना, प्रिन्ट कपडा, माला लकेट) रू. ६६,९०,४२९/- (छैसठ्ठि लाख नब्बे हजार चार सय
उनन्तिस रूपैयाँ) बराबरको खुद्रा सामान सहित डिब्बा ट्रकलाई नियन्त्रणमा लिई राजश्व
अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको ।
२.
बारा, मिति २०८१/१/२४ गते अ. ०९:३०.बजेको समयमा जिल्ला बारा जितपुरसिमरा
उ.म.न.पा.२१ स्थितमा इ.प्र.का. अम्लेखगंज र जि.प्र.का.बाराबाट खटिएको संयुक्त चेकिङ
टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट हेटौंडा तर्फ जाँदै गरेको ना.८ख. २७१९ नं.को
मिनि ट्रकलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा सामान फरक रहेको (खुद्रा सामान लेडिज मोबिल, चपरा,
बेड सिट कपडा, स्टेशनरी, बेकरी आईटम, हार्डवेयर) रू. ७९,८९,३३९/- (उनासी लाख उनानब्बे हजार तिन सय उनन्चालिस
रूपैयाँ) बराबरको खुद्रा सामान सहित मिनि ट्रकलाई नियन्त्रणमा लिई राजश्व
अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको ।