प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रणमा

२०८१-०२-०७

  • A
  • A-
  • A+
Share


१.      रौतहट, लागु औषध मुद्दामा रु. २,०००/- जरिवाना भएको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट चन्द्रपुर न.पा.९ बस्ने वर्ष २४ को बिनय बि.क. रहेका छन् । इ.प्र.का. चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी टोलिले निजलाई चन्द्रपुर नगरपालिका ८ हातिसारबाट आईतवार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

२.      धनुषा, ठगी अपराधिक विश्वासघात तथा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला महोत्तरी लोहारपट्टि न.पा. १ घर भई हाल जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका ७ भ्रमपुरा चोक घरमा बस्ने अं. वर्ष ४० को आशु अलि बैठा रहेका छन् । प्र.चौ. धनौजी, धनुषाबाट खटिएको प्रहरी टोलिले निजलाई ऐ. धनौजी गा.पा.३ झोझि कटैयाबाट आईतवार राती पक्राउ गरेको हो । निजलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जि.प्र.का. धनुषामा पठाईएको छ ।

३.      बारा, लागु औषध मुद्दामा २ बर्ष १० महिना ४ दिन कैद सजाय बाँकी भएको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा सिम्रौनगढ न.पा. १ बैरिया बस्ने अं. बर्ष ४० को बटखरी राय यादब रहेका छन् । प्रहरी चौकी अमृतगंज खजानी बाराबाट खटिएको प्रहरी टोलीले निजलाई जिल्ला बारा पचरौता न.पा. १ पिपरपाती बेस क्याम्प नजिकबाट सोमबार पक्राउ गरेको हो । निजलाई इ.प्र.का. सिम्रौनगढ बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध खैरो ब्राउन सुगर सहित मानिस नियन्त्रणमा
२०८२-०१-१०

धनुषा, बिदेह नगरपालिका-१ ठाडिझिझा स्थितबाट लागु औषध खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ अन्दाजी-१२ ग्राम सहित मोटरसाईकल चालक जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-८ बस्ने संजय शर्माको छोरा अन्दाजी वर्ष २४ को ओमराज शर्मा र पछाडि सवार जिल्ला महोत्तरी  लोहारपट्टी नगरपालिका- ७ घर भई हाल जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-६ पुलचोक बस्ने जिवछ ठाकुरको छोरा अन्दाजी वर्ष-२३ को रूपेश कुमार ठाकुरलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरी टोलीले कार्यालय अगाडी चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको ज१३प १३३७ नम्बरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा हेलमेटमा लुकाई छिपाई राखिएको खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धाण गरिरहेको छ । 

फरार प्रतिवादी पक्राउ
२०८२-०१-०९

१ सप्तरी, अपहरण तथा शरीर बन्धक बनाई जवरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय भएको फरार प्रतिवादी जिल्ला सप्तरी सुरुङगा नगरपालिका-५ बस्ने वर्ष-२८ को मो.इम्तियाज अहमदलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले कुशाह स्थितबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत सप्तरीमा बुझाई कारागार चलान गरिएको छ ।   २ सिरहा, जबरजस्ती करणी तथा गर्भपतन सम्बन्धि कसुरको चालु मुद्दाको फरार प्रतिवादी धनगढीमाई नगरपालिका-१ छप्रारी बस्ने बर्ष-२९ को राधेश्याम कामैतलाइ मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल सहित मानिस नियन्त्रणमा
२०८२-०१-०८

जिल्ला, सिरहा बरियारपट्टी गाउँपालिका-१ स्थित प्रहरी चौकी  कचनारीको कार्यालय अगाडी  खटीएको प्रहरी चेकीङ् टोलिले नर्गि चौकबाट भारत तर्फ जाँदै गरेको  नम्बर प्लेट नभएको हिरो कम्पनीको मोटरसाइकल रोकी चेक जाँच गर्दा मोटरसाइकल चालक देश भारत जिल्ला मधुवनी ग्रामपंचायत पिपराही वडा नम्बर-२  कमल पुर बस्ने धर्मेन्द्र सिंहको छोरा बर्ष अन्दाजी-१७ को राजिव सिंह पछाडी सवार सोही स्थान बस्ने फुलेश्वर सिंहको छोरा बर्ष अन्दाजी-१४ को प्रिन्स सिंहको कम्मरमा भिरेको कटुवा पेस्तोल थान एक र निजले लगाएको ट्रयाकको गोजीबाट 303  राईफलमा लाग्ने गोली थान एक फेला पारी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-०४

जिल्ला, सर्लाही मरिनबाट लालबन्दी तर्फ लागू औषध गाँजा  ओसार पसार भईरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, लालबन्दीबाट र प्रहरी चौकी पत्थरकोटबाट पत्थरकोट-१३ चोकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मरिनबाट लालबन्दी तर्फ आउँदै गरेको बा२०च १७८२ नम्बरको बोलेरो पिकअप गाडी सहित चालक जिल्ला सर्लाही लालबन्दी नगरपालिका नवलपुर बस्ने सिकिन्दर चौधरीको छोरा अन्दाजी वर्ष २५ को सुशिल चौधरीलाई नियन्त्रणमा लिइ सवारी चेकजाँच गर्दा धानको भुस्साको बोरा मुनी लुकाइ छिपाइ राखेको अवस्थामा रातो प्लाष्टिकमा प्याक गरी राखेको ४५ पोका अन्दाजी २४४ किलो ग्राम लागु औषध गाँजा नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको छ ।