फरार प्रतिवादी पक्राउ
२०८१-०२-१७
- A
- A-
- A+
१. सिरहा,
लेनदेन विगो मुद्दामा १ महिना कैद तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा सुखिपुर नगरपालिका ३ चरारी बस्ने सुखिया
यादबको श्रीमती अं.बर्ष ५५ की दलानवती यादबलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । इ.प्र.का.
सुखिपुरबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालतमा
बुझाएको छ ।
२. सप्तरी,
लागु औषध मुद्दामा १ महिना २७ दिन कैद सजाय भएको जिल्ला सप्तरी सप्तकोशी नगरपालिका १
बस्ने बर्ष २४ को हरि श्रेष्ठ र कर्तब्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय भएको
सप्तकोशी नगरपालिका ३ बस्ने बर्ष ४५ को बलराम
मुसहरलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फत्तेपुरबाट खटिएको
प्रहरी टोलीले दुवैजनालाई निजहरुको घर वतनबाटै पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
थप अनुसन्धान गरिरहेको छ ।
३. बारा,
भ्रष्टाचार मुद्दामा ३ महिना कैद र रु. ४०,०००/- जरिवाना भएको फरार प्रतिबादी जिल्ला बारा
निजगढ नगरपालिका ४ बस्ने बर्ष ४७ को लालबाबु
प्रसाद साहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढ
बाराबाट खटिएको प्रहरी टोलीले निजलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ
गरी सम्मानित बारा जिल्ला अदालतमा उपस्थित गराईएको छ ।