लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०१
- A
- A-
- A+
१. सप्तरी,
तिरहुत गाउँपालिका-२ बडहराबाट अवैध लागूऔषध गाँजा १०५ किलो ५०० ग्राम, प्रदेश
२-०१-००१ह ००२२ नं.को अटो सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कंचनरुप नगरपालिका ७ सितापुर बस्ने अन्दाजी बर्ष ४३ को ओम प्रकाश
भन्ने जामुन महतो र सोहि स्थान बस्ने अन्दाजी बर्ष २८ की कबिता कुमारी माझी रहेका
छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कन्चनपुरबाट खटिएको प्रहरी
टोलिले निजहरुलाई उक्त लागूपदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. पर्सा,
बिरगंज महानगरपालिका-१४ गण्डक चौकबाट अवैध लागूऔषध TRAMADOL, ५२,३०० पिस, ना १ ज २७६५ नं. को सुमो सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेमा परवानीपुर गाउँपालिका १ बस्ने अन्दाजी बर्ष ४२ को
राम असिस राउत अहिर र बहुदरमाई २ बस्ने अन्दाजी बर्ष ३० को सुबास सराफ रहेका छन् ।
प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलिले बसपार्कबाट काठमण्डौं जादै गरेको गाडि
चेकजाँच गर्ने क्रममा निजहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. पर्सा,
पर्सागढी नगरपालिका-३ बड्नियार पुलबाट अवैध लागूऔषध गाँजा १० किलो ७०० ग्राम
शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय
पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा
मिलनचौकबाट बड्नियार तर्फ जादै गरेको नं. नखुलेको मोटरसाईकलमा सवार व्यक्तिहरुले
कालो रङ्गको झोला फाली फरार भएको र उक्त झोला खोलि चेकजाँच गर्दा उक्त परिमाणको
लागूपदार्थ फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४. सर्लाही,
ईश्वरपुर नगरपालिका-१ चौलिखा बजारबाट अवैध लागूऔषध COSAS-DX, २ बोतल र NITZASCEN-10 ट्याब्लेट ५ वटा सहित १
जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका
१ बस्ने अन्दाजी बर्ष १९ को बिकी कुमार पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय
भक्तिपुरबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
५. सप्तरी,
जिल्ला कारागार राजविराजमा कैदी भेट्न आएका व्यक्तिबाट अवैध लागूऔषध गाँजा ६.७०
ग्राम सहित निजलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा
बोदेबर्साईन नगरपालिका १० बस्ने अन्दाजी बर्ष ४० को मनोज साह रहेका छन् ।
कारागारको मेनेगेटमा प्रहरीले चेकजाँच गर्दा उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।