लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०३
- A
- A-
- A+
१.
सर्लाही, मलंगवा
नगरपालिका-११ गम्हरीया स्थितबाट अवैध लागूऔषध गाँजा ३०० ग्राम सहित १ जनालाई
सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-११ गम्हरीया
बस्ने अन्दाजि बर्ष ५० को प्रमोद
चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले
निजहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।