लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०४
- A
- A-
- A+
१.
बारा, निजगढ नगरपालिका-१० रतनपुरबाट
अवैध लागूऔषध गाँजा १६ किलो ३४० ग्राम सहित १ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट गौर नगरपालिका-४ टिकुलिया बस्ने बयनाथ
पटेलको छोरा अन्दाजि बर्ष २२ को साजन पटेल रहेका छन् । अस्थाई प्रहरी पोष्ट रतनपुर
बाराबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
बारा, जितपुर सिमरा
उप-महानगरपालिका-३ लल्का पुल स्थितबाट अवैध लागूऔषध गाँजा ९ किलो ७०६ ग्राम, प्रदेश
३-०३-००१ प ३१५८ नं. को स्कूटी सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर राकसिराङ गाउँपालिका-१ ढुढेन बस्ने रमेश
मोक्तानको छोरा अन्दाजि बर्ष १९ को विनोद मुक्तान र सिही स्थानमा बस्ने प्रेम
मुक्तानको छोरा अन्दाजि बर्ष १९ को अनिल मुक्तान रहेका छन् । इलाका प्रहरी
कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलिले निजहरुलाई उक्त पदार्थ सहित पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
रौतहट, चन्द्रपुर
नगरपालिका-४ न्यू चन्द्रपुर होटेलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने
पदार्थ मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ
पर्नेमा चन्द्रपुर नगरपालिका-४ बस्ने
अन्दाजि बर्ष २८ को राजु दुलाल र जिल्ला मकवानपुर हेटौडा-३ बस्ने अन्दाजि बर्ष २३
की एञ्जिला तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रपुर रौतहटबाट
खटिएको प्रहरी टोलिले निजहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
महोत्तरी, बर्दिबास
नगरपालिका-३ अस्थाई ट्राफिक पोष्ट गौरीडाडाँ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर
जस्तो देखिने पदार्थ ७५ ग्राम, प्रदेश २-०१-००१ च ०४४१ न.को स्कारपियो सहित ३
जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिरहा
मिर्चैया नगरपालिका-८ मझौरा बस्ने अन्दाजि बर्ष २१ को मुरली कुमार राय, मिर्चैया नगरपालिका-१
बस्ने अन्दाजि बर्ष २४ को रमण घिमिरे र मिर्चैया नगरपालिका-७ बस्ने अन्दाजि बर्ष
१९ को सुनिल पट्टेल रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास, लागूऔषध
नियन्त्रणमा ब्युरो शाखा कार्यालय बर्दिबास र ट्राफिक सहित खटिएको संयुक्त प्रहरी
चेकिङ टोलिले निजहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।